नेपाली महिला टाेली खाे–खाे विश्वकपकाे फाइनलमा भारतसँग पराजित
माघ ६, २०८१ आइतबार
मकवानपुर - प्रदेश ३ सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि बजेट विनियोजन विधेयक पेस गरेको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले विधेयक प्रदेश सभामा पेस गर्नुभएको हो । बजेट विधेयकमा सरकारले गर्ने कामको प्राथमिकता पनि तोकिएको छ ।
'प्रदेश समृद्धिको आधार : श्रम, सिर्जना, उत्पादन र रोजगार' भन्ने नारा विधेयकमा दिइएको छ । प्रदेशका एक सय १९ वटा स्थानीय तह र ६६ निर्वाचन क्षेत्रसँग विकासमा सन्तुलन हुने गरी काम गरिने ढुंगेलले बताउनुभयो । पर्यटन, ऊर्जा, उद्योग सेवा लगायतका क्षेत्रमा आन्तरिक तथा वैदेशिक लगानीका लागि नीतिगत व्यवस्था गरिने प्रस्तुत विधेयकमा उल्लेख छ ।
प्रदेश ३ लाई लगानीको आकर्षक स्थल बनाइने उहाँले बताउनुभयो । प्रदेशमा विद्यमान गरिबी न्यूनिकरण र खाद्यान्न अभावको अन्त्य गर्ने आगामी वर्षको बजेटमा केन्द्रित रहने उहाँले बताउनुभयो ।
आफ्नो ज्ञान, सीप र क्षमताको उपयोग गरी आर्थिक क्रियाकलापमा सहभागी हुने अवसर सिर्जना गरिने सरकारको योजना छ । प्रदेशलाई औद्योगिक प्रदेशको रुपमा अगाडि बढाइने सरकारको योजना छ । शिक्षालाई उद्यमशिलता तथा उत्पादन, श्रम, एवं स्थानीय अर्थतन्त्र र रोजगारी वृद्धिसँग आबद्ध गरिने मन्त्री ढुंगेलले बताउनुभयो ।
प्रदेश नम्बर–३ सरकारले आउँदो आर्थिक वर्षका लागि प्रस्तुत गरेकाे बजेट विनियोजन विधेयकको पूर्ण पाठ पढ्नुहोस्-
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ ।