इन्डो–नेपाल भलिबलमा एपीएफले गलकाेटलाई हरायाे
पुस १९, २०८१ शुक्रबार
अछाम – कमलबजारमा भइरहेको नेपाल विद्युत प्राधिकरणको सवस्टेशनको काम तीव्र गतिमा भइरहेको छ । अछाम जिल्लाको पूर्वी अछामका गाउँलाई ११–३३ केभीए राष्ट्रिय प्रशारण लाइनको पहुँचमा ल्याउने उद्देश्यले निर्माण भइरहेको सवस्टेशनको पूर्वाधार निर्माण कार्य सुरु भएको ५ महिनामा झण्डै ८० प्रतशत काम सम्पन्न भएको हो ।
सबस्टेशन निर्माणका लागि नेपाल विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय अत्तरियाले इनर्जेटिक नेपाल प्रालिसँग २०७६ जेठ २७ भित्री काम सम्पन्न गर्ने गरी २०७४ मंसिर २७ मा सम्झौता गरेको थियो । जग्गाको प्रक्रियाका कारण काम सुरु गर्न ढिलाइ गरेको कम्पनीले २०७५ पुस २० गते अर्थात भण्डै १३ महिना पछि मात्रै काम सुरु गरेको थियो ।
ढिलो गरि काम सुरु गरेको कम्पनीले ५ महिनाको अवधिमा (वैशाख मसान्त सम्म) कम्पाउण्ड निर्माणदेखि ४ कोठे स्टाफ क्वार्टर, ४ कोठे कन्ट्रोल विल्डिङ, स्विच यार्ड बनाउने काम करिब सम्पन्न गर्न लागेको कम्पनीका साइट इञ्चार्ज अम्बादत्त जोशीले जानकारी दिनुभयो ।
छिटो विजुली बाल्नका लागि सरोकारवाला निकायबाट ताकेता र महत्वपूर्ण सहयोग मिलेकाले काम सुरु गरेको ५ महिनामै आफूहरु ८० प्रतिशत काम सक्न सफल भएको निर्माण कम्पनीका इञ्जिनियर अरुणकुमार शाहले बताउनुभयो ।
मजदुरहरु समेत भारतबाट ल्याएर काम गरिरहेको कम्पनीले छोटो अवधिमै काम सम्पन्न गर्ने तयारी गरिरहेको छ । सवस्टेशन निर्माण कार्य धमाधम भैरँहदा पूर्वी अछामका ४ स्थानीय तहमा उज्यालोका लागि आशा पलाएको कमलबजार नगरप्रमुख ओमप्रकाश विष्टले बताउनुभयो । उहाँले भन्नुभयो ‘जग्गाको प्रक्रिया मिलाएर ढिला गरी काम सुरु गरेको कम्पनीले काम एकदमै राम्रो गरेको छ, म आफैँ हरेक हप्ता निर्माण स्थल पुगेर सुझाव दिने र ताकेता गर्ने गरेको छु ।’
निर्माणाधिन कमलबजार सवस्टेशन सम्मका लागि प्रशारण लाइनको काम पनि भैरहेको छ । कमलबजारबाट गैरिटाँडसम्म र साँफेबगरबाट कैलाशखोलासम्मको लाइन तान्ने काम धमाधम भैरहेको छ । बीचको खण्डमा पनि काम सुचारुका लागि परामर्श भैरहेको मेयर विष्टले जानकारी दिनुभयो ।
सुरुमा जग्गाको प्रक्रियाका कारण काम सुरु हुन ढिलाइ भए पनि अहिलेसम्मको प्रगति हेर्दा निकै राम्रो रहेको नेपाल विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय अत्तरियाका इञ्जििनियर चिज गुरुङले जानकारी दिनुभयो । अहिलेसम्मको कामको मुल्यांकन गरी टेण्डरको म्याद थप हुनसक्ने र ढिलोमा २०७६ चैत मसान्तसम्म सवस्टेशनको निर्माण कार्य सम्पन्न भैसक्नेमा आफूहरु विश्वस्त रहेको इञ्जिनियरर गुरुङले बताउनुभयो ।
निर्माण कम्पनीले सिभिलतर्फको काम सक्नैलाग्दा रनिङ बिल उठाउने क्रममा रहेको बताइएको छ । नेपाल विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय अत्तरियामार्फत कमलबजार सवस्टेशनका लागि ७ करोडमा ठेक्का सम्झौता गरिएको छ ।
यस्तै सुदूरपश्चिमका अन्य ४ स्थानमा पनि सवस्टेशन निर्माणको काम भैरहेको छ भने ३ ठाउँमा सवस्टेशनका लागि टेण्डर प्रक्रिया चलिरहेको छ । निर्माण कार्य भैरहेकोमा बझाङको बागथला र चैनपुर, डोटीको मौवा र दार्चुलाको थालिगाड सवस्टेशन हन् भने बैतडीको मेलौली र पाटन तथा बाजुराको मार्तडीमा सवस्टेशनकालागि टेण्डर प्रक्रिया चलिरहेको नेपाल विद्युत प्राधिकरण क्षेत्रीय अत्तरियाले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
अछामका उज्यालो सहकर्मी चन्द्र थापा रेडियो रामारोशनमा पनि काम गर्नुहुन्छ ।