टाइगर कप भलिबल : पुरुषतर्फ गण्डकी र आर्मी विजयी
माघ १५, २०८१ मंगलबार
खोटाङ – वर्षाका कारण पहिरोको त्रास बढेपछि खोटाङको जालपाका ७ घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।
घरभन्दा तल र वरपरको जमिन गएको वर्ष लच्किएको र जोखिम बढेका कारण दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२, जालपा सावलुङका कर्णबहादुर राई, दानबहादुर राई, जीतबहादुर राई, भीमबहादुर राई, हस्तबहादुर श्रेष्ठ, जालपा कादेलका निरकुमार राई र जालपा छिप्तीका हर्कबहादुर तामाङलाई सुरक्षित स्थानमा सारिएको वडाध्यक्ष विकास राईले बताउनुभयो ।
प्रकोप जोखिम व्यवस्थापनका लागि पूर्वतयारीस्वरुप सर्न भनिएकामध्ये कर्णबहादुर, दानबहादुर, जीतबहादुर र भीमबहादुरको परिवार रातका समयमा स्थानीय राष्ट्रिय आधारभूत विद्यालयमा बास बस्ने व्यवस्था मिलाइएको हो ।
यस्तै, कादेलका निरकुमार बालकक्षाको भवनमा तथा छिप्तीका हर्कबहादुर छिमेकीको घरमा आश्रय लिइरहेका छन् । गएको वर्षको वर्षा याममा घरमुनि र वरपरको जमिन चर्किएका कारण यसपल्टको वर्षामा पहिरोको जोखिम बढेकाले विद्यालयसँग समन्वय गरेर अस्थायी बसोबासको व्यवस्था मिलाइएको वडाध्यक्ष राईले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।