नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले युगान्डा भ्रमण गर्ने, १८ ...
फागुन ६, २०८१ मंगलबार
क्रिकेटको रोमाञ्चकता ब्याटिङ, बलिङ र फिल्डिङमा हुन्छ । विश्वकप नजिकिँदै गर्दा खेलाडीहरुको प्रदर्शनमा सबैको ध्यान केन्द्रित भएको छ । इंग्ल्याण्डको पिचमा ३ सयभन्दा बढी रन बन्ने आकलन गरिएको छ ।
अन्य एक दिवसीयभन्दा विश्वकपलाई सबैले फरक नजरले हेर्ने भएकाले आसन्न विश्वकपमा यी पाँच क्रिकेटरको फिल्डिङ कस्तो होला भन्नेमा सबैकाे चासाे हुनु स्वभाविक नै हाे ।
५. रविन्द्र जडेजा - भारत
भारतीय टिमका युजबेन्द्र चाहल र कुलदीप यादवजस्ता स्पिनरहरु कप्तान विराट कोहलीका हतियार हुन् । यस्तोमा रविन्द्र जडेजाबाट फिल्डिङमा अतिरिक्त अपेक्षा गरिन्छ । उनलाई फिल्डिङकै कारण नै टिममा चयन गरिएको हो । डाइभ लगाउनमा पाेख्त जडेजा गाह्राे अवस्थामा रन जोगाउन सक्नेछन् । जडेजा फिल्डमा हुँदा रन चोर्न कठिन नै हुनेछ ।
४. डेभिड वार्नर - अस्ट्रेलिया
आईपीएलमा डेभिड वार्नरले आफ्नो क्षमता देखाइसकेका छन् । उनी उत्कृष्ट फिल्डर समेत मानिन्छन् । टिममा एरोन फिन्च र ग्लेन म्याक्सवेल भएका कारण पनि आसन्न विश्वकपमा अस्ट्रेलिया मतबुत टिम मानिन्छ ।
३. बेन स्टोक्स - इग्ल्याण्ड
गएकाे विश्वकपपछि बेन स्टोक्स इंग्ल्याण्ड टिमका सर्वश्रेष्ठ खेलाडीको रुपमा अघि आएका छन् । इग्ल्याण्डका ब्याट्सम्यान स्टोक्स पछिल्लो समय उत्कृष्ट लयमा छन् । उनी विश्वका उत्कृष्ट फिल्डरको रुपमा पर्छन् । आफ्नै देशमा आयोजना हुन लागेको विश्वकपको उपाधि दिलाउने हो भने उनको प्रदर्शन पनि महत्वपूर्ण हुने छ ।
२. फाफ डु प्लेसि - दक्षिण अफ्रिका
दक्षिण अफ्रिकाका कप्तान फाफ डु प्लेसिस आईपीएलमा चेन्नाई सुपर किंग्सका उत्कृटष्ट फिल्डर पनि हुन् । आईपीएलको फिल्डिङ गर्दा प्लेसिस हरेक समय बाउन्ड्री नजिक बसेका थिए । तर यसपटक कप्तान समेत रहेकाले उनको भूमिका फरक हुने छ । उनी ब्याट्सम्यान नजिक हुने छन् ।
१. आन्द्रे रसल - वेस्टइण्डिज
आन्द्रे रसल वेस्ट इण्डिजका विस्फोटक ब्याट्सम्यान हुन् । रसलले आईपीएलमा कोलकाता नाइट राइडर्सका लागि फिल्डिङ र ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरे । २०१६ को टी–२० विश्वकप उनकै शानदार प्रदर्शनका कारण वेस्ट इण्डिजले जितेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।