बक्यौता असुलीको कारबाही अघि बढाउन नागरिक उड्डयन प्राधिकरणलाई लेखा समितिकाे निर्देशन

 जेठ ५, २०७६ आइतबार १६:१:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रतिनिधिसभा अन्तरगतको सार्वजनिक लेखा समितिले तत्काल बक्यौता असुलीको कारबाही अघि बढाउन नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ ।

आइतबार सिंहदरबारमा बसेको समिति बैठकले यथाशीघ्र बक्यौता उठाउने कारबाही अघि बढाउन निर्देशन दिएको हो । साथै प्राधिकरणले प्रस्तुत गरेको कार्ययोजना तदारुकताका साथ कार्यान्वय गरि समितिमा नियमित रुपमा प्रगति विवरण बुझाउन पनि निर्देशन दिइएको छ ।

बैठकले बन्द भएका विदेशी कम्पनीलाई कालोसूचीमा राखी बक्यौता असुलीको कारबाही अघि बढाउन तथा विमानस्थल क्षेत्रमा सम्झौता समाप्त भएर पनि बसेका पसल, पार्किङ क्षेत्रलाई २ महिनाभित्र नयाँ बोलपत्र आह्वान गरी प्रतिष्पर्धाबाट भाडामा लगाउन निर्देशन दिएको छ ।

बैठकले विमानस्थल भंसार कार्यालयबाट प्राधिकरणले उठाउन बाँकी रकमका सम्बन्धमा भने यथाशीघ्र किनारा लगाउन नेपाल सरकारलाई निर्देशन दिएको छ । 

अन्तिम अपडेट: माघ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया