भारतीय चुनावबाट नेकपाले पाठ सिक्नुपर्छ : वरिष्ठ नेता नेपाल

 जेठ १०, २०७६ शुक्रबार १७:२२:३५ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले भारतको लोकसभा चुनावबाट नेपालको कम्युनिष्ट पार्टीले पाठ सिक्न जरुरी भएको बताउनुभएको छ । 

'कुनै बेलाको सशक्त र तीन राज्यमा सरकार चलाएको कम्युनिष्ट पार्टी कमजोर हुनुको कारणबारे नेपालको कम्युनिष्ट पार्टीले सिक्न जरुरी छ,' उहाँले भन्नुभयो । 

शुक्रबार नेपालगञ्जमा नेकपा बाँके जिल्ला कमिटीका सदस्यहरुलाई सपथ ग्रहण गराउँदै वरिष्ठ नेता नेपालले भारतीय कम्युनिष्ट नेताहरुको पार्टीभित्रको अहंकार, नागरिकबाट टाढा हुनु र भ्रष्टिकरणले पार्टी कमजोर भएको बताउनुभयो । 

कम्युनिष्ट पार्टीको नेता कार्यकर्ताको आचरण, व्यवहार, चरित्र र सिद्धान्तमा भ्रष्टिकरण हुन नहुनेमा उहाँले जोड दिनुभयो । उहाँले नेपालमा पनि कांग्रेसको अयोग्यताबाट कम्युनिष्ट पार्टीले पाठ सिक्दै जनतासँग प्रत्यक्ष जोडिनुपर्ने बताउनुभयो ।

उहाँले हरेक तहका सरकार सञ्चालनका लागि पार्टी कमिटीले ध्यान दिनुपर्ने बताउँदै सरकारले पार्टी सञ्चालन गर्ने नभई पार्टीले सरकार सञ्चालन गर्ने स्पष्ट पार्नुभयो ।

अन्तिम अपडेट: माघ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया