नेपाली महिला टाेली खाे–खाे विश्वकपकाे फाइनलमा भारतसँग पराजित
माघ ६, २०८१ आइतबार
काठमाण्डौ -नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका पोलिटव्यूरो सदस्य पदम राई सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रवेश गर्नुभएको छ ।
आइतबार बिहान पार्टी कार्यालय धुम्बाराहीमा भएको कार्यक्रममा उहाँलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ फूलमाला लगाएर पार्टी प्रवेश गराउनुभएको हो ।
पार्टी प्रवेश गर्दै राईले आफू सुरक्षा खोज्दै नेकपामा आएको नभई देश समृद्ध बनाउने अभियानमा नेकपा रहेकाले पार्टी प्रवेश गरेको बताउनुभयो ।
राईलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले विप्लवलगायतका कम्युनिष्ट समूहहरुलाई एउटै कम्युनिष्ट पार्टी बनाउने आफ्नो अभियानमा सहभागी हुन आग्रह गर्नुभयो ।
राई भोजपुरका तत्कालीन माओवादी नेता हुनुहुन्थ्यो । पार्टी शान्ति प्रकृयामा आएपछि संविधानसभा चुनाव प्रयोजनका लागि गठन भएको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा तत्कालीन माओवादी तर्फबाट राई निर्माण तथा भौतिक योजना राज्यमन्त्रीसमेत बन्नुभएको थियो ।
२०६४ को संविधानसभा निर्वाचनमा भोजपुर १ बाट सभासद बन्नुभएका राई माओवादीनिकट किराँत राष्ट्रिय मुक्तिमोर्चाका केन्द्रीय अध्यक्ष पनि रहनुभएको थियो ।
तर पछि नेत्रविक्रम चन्द विप्लवले छुट्टै पार्टी गठन गर्दा राई पनि उतै जानुभएको थियो । गएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका बेला प्रदेश एकका मुख्य मन्त्री शेरधन राईलाई चुनावी प्रचारका क्रममा आक्रमण गरेको आरोपमा उहाँ पक्राउसमेत पर्नुभएको थियो ।
अदालतले पछि ६० हजार धरौटीमा रिहा गर्ने फैसला गरेपछि उहाँ विप्लव नेतृत्वको नेकपामै रहेर भूमीगत राजनीतिमा सकृय हुनुहुन्थ्यो ।
उहाँले देशमा द्वन्द्व नभई वार्ता र सम्वाद मार्फत समस्या निराकरण गर्न नेतृत्वलाई दवाव दिँदै आउनुभएको थियो ।
सरकारसँग वार्ता गरेर समस्याको समाधान गर्नुपर्ने अभिव्यक्ति दिएकै कारण गएको बैशाख २४ गते राईलाई विप्लव नेतृत्वको नेकपाले कारबाही गर्दै जिम्मेवारीबाट हटाएको थियो ।
पार्टी प्रवेश कार्यक्रममा नेकपाका महासचिव विष्णु पाैडेल, गृहमन्त्री रामबहादुर थापा लगायतका नेताहरुकाे सहभागिता रहेकाे थियाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।