नेपाली महिला टाेली खाे–खाे विश्वकपकाे फाइनलमा भारतसँग पराजित
माघ ६, २०८१ आइतबार
गोरखा - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध सडक संघर्ष गर्ने चेतावनी दिनुभएको छ ।
सरकारलाई मिडिया काउन्सिललगायतका विधेयक पास गर्न नदिन सदन अवरुद्ध गर्ने चेतावनी दिँदै आउनुभएका देउवाले संसदमा जबर्जस्ती गरे सडकमा आन्दोलन गर्ने चेतावनी दिनुभएको हो । उहाँले संसदबाट मिडिया काउन्सिल विधेयक कुनै हालतमा पास हुन नदिने बताउनुभयो ।
यस्तै मानव अधिकार ऐन संशोधन गर्न बनेको विधेयक र गुठीको जग्गा व्यवस्थापन सम्बन्धी विधेयक पनि पास हुन नदिने उहाँले दोहोर्याउनुभयो । गोरखा सदरमुकाममा भएको नेपाली कांग्रेसको दोस्रो नगर सम्मेलन उद्घाटन कार्यक्रममा बोल्दै देउवाले वर्तमान सरकारले सारा कुरा बर्बाद गरेको बताउनुभयो ।
‘ओलीको सरकार आएपछि सारा कुरा बर्बाद भएको छ’, सभापति देउवाले भन्नुभयो, ‘हुँदा हुँदा सेना पनि आफ्नो मातहत राख्न खोजिएको छ ।’
नेपाली सेनालाई प्रधानमन्त्री मातहत नभै राष्ट्रिय सुरक्षा परिषद् अन्तर्गत राखिनुपर्ने उहाँको भनाइ छ । देउवाले गोरखा दरवारको पुननिर्माणमा भैरहेको ढिलाइप्रति पनि असन्तुष्टि जनाउनुभयो ।
कार्यक्रममा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि बूढीगण्डकी आयोजना नेपाली लगानीमै बनाउनुपर्नेमा जोड दिनुभयो । सम्बोधनको अधिकांश समय सरकारको आलोचनामा खर्चनुभएका शर्माले सरकारको क्रियाकलाप हेर्दा अधिनायकवादतर्फ उन्मुख भएको प्रष्ट हुने बताउनुभयो ।
‘हामीले कालो पञ्चायतलाई त सहेनौं, अब रातो अधिनायकवाद ल्याउने दुस्साहस नगर्नुहोला’, शर्माले प्रश्न गर्नुभयो, ‘देशमा निर्वाचन नगराई सत्ता कब्जा गर्ने हिम्मत छ? देशलाई उत्तर कोरीया बनाउने हिम्मत छ ?’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ ।