नेपाली महिला टाेली खाे–खाे विश्वकपकाे फाइनलमा भारतसँग पराजित
माघ ६, २०८१ आइतबार
मोरङ – प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईले सरकारले ल्याएको नीति तथा कार्यक्रम गएको वर्षको फोटोकपी नभएको र कार्यान्वयनमुखी रहेको बताउनुभएको छ ।
प्रदेश १ सरकारकातर्फबाट सदनमा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री राईले प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम कार्यन्वायन गर्नको लागि मार्गचित्र स्पष्ट भएको बताउनुभयो । प्रदेश सांसदहरुले कार्यान्वयनमा आशंका उत्पन्न भएको तथा गएको वर्षकै फोटोकपीको रुपमा नीति तथा कार्यक्रम आएको जनाएपछि मुख्यमन्त्रीको यस्तो जवाफ आएको हो ।
मुख्यमन्त्री राईले नीति तथा कार्यक्रम माथि ९३ जना सांसद मध्ये २३ जनाले मात्र छलफलमा भाग लिएर सुझाव दिएकोमा अन्य ६९ जनाले नीति तथा कार्यक्रमलाई पूर्ण रुपमा स्वीकार गरेको दाबी गर्नुभयो ।
नीति तथा कार्यक्रममा धेरै नकारात्मक टिकाटिप्पणी नभएको र यो सर्वसम्मतिमा पारित हुनेमा आफू आशावादी रहेको मुख्यमन्त्री राईको भनाइ छ । ‘प्रतिपक्षीको भुमिकाका कारण केही नकारात्मक टिप्पणी आउनु स्वाभाविक ठानेको छु,’ मुख्यमन्त्री राईले भन्नुभयो, ‘आएका सुझावलाई साकारात्मक रुपमा लिएर कार्यान्वयनमा लैजान्छौँ ।’
मुख्यमन्त्री राइले प्रदेश सरकार प्रदेशको कृषि, औद्योगिक र पर्यटकीय क्षेत्रको विकासका लागि संवेदनशील भएर लागि परेको बताउनुभयो । पहिले आफ्नै संरचना अभाव र थुप्रै अन्य कारणले नीति तथा कार्यक्रम कार्यान्वयन गर्न निकै कठिनाइ भएको पनि उहाँले बताउनुभयो ।
मुख्यमन्त्री राईले आवधिक योजनाको बलमा नै अब प्रदेशका विकासका कार्यक्रम सञ्चालन हुने बताउँदै यसलाई थप व्यवस्थित गरिने बताउनुभयो । प्रदेश प्रमुख डा. गोविन्दबहादुर तुम्बाहाङले सरकारकातर्फबाट प्रस्तुत गरेको नीति तथा कार्यक्रमको सैद्धान्तिक छलफलमा जम्मा २३ जना सांसद सहभागी थिए ।
डेंगु प्रभावितको निःशुल्क उपचारका लागि ५० लाख
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले धरानमा फैलिएको डेंगु नियन्त्रण गर्न प्रदेश सरकारले आवश्यक काम गरिरहेको जानकारी दिनुभएको छ । प्रदेशसभाको बैठकमा बोल्दै उहाँले डेंगु नियन्त्रणका लागि चिकित्सकको टोली घटनास्थलमै रहेको, डेंगु प्रभावित बिरामीको निःशुल्क उपचारका लागि प्रदेश सरकारले ५० लाख रुपैयाँ छुट्याएको पनि बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।