एन्फा महिला लिगमा एपीएफले बाग्मती युथलाई ६ गोलले हरायो
माघ २, २०८१ बुधबार
संखुवासभा - संखुवासभामा सोमबार साँझदेखि आएको बाढी र पहिरोले कराेडाैँ रुपैयाँभन्दा बढिको क्षति भएकाे छ ।
केहीदिन अघिदेखि उत्तरी भेगमा परेको वर्षाका कारण अरूण नदीमा आएकोमकालु, चिचिला गाउँपालिका र खाँदबारी नगरपालिकाका विभिन्न भागहरुमा ठूलो क्षति पुर्याएको हो । घटनामा हालसम्म कुनै मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक मीमबहादुर लामाले बताउनुभयो ।
वर्षासँगै झरेको पहिरोले सोमबार साँझ मकालु गाउँपालिका–५, नुममा स्थानीय अजित राईको घर पुरेको छ । उहाँको अनुसार, टिनको छानो भएको २ तले घरको माथिबाट वर्षासँगै झरेको माटोको ढिस्कोले घरमाक्षति पुर्याएको हाे ।
अरुण तेस्रो जलविद्युत्त परियोजनाकाे दुई एक्स्काइभेटर पुरिए
वर्षाले मकालु गाउँपालिका–३, स्थितमा रहेको निर्माणाधीन अरुण तेस्रो जलविद्युत आयोजनाको ड्यामसाइटमा ठूलो क्षति पुगेकाे प्रनाउ लामाले बताउनुभयो । उहाँका अनुसार एक्स्काभेटर–२, बुमर मेसिन–१,लोडर–१, ट्याक्टर–१ कम्प्रेसर मेसिनलगायतका निर्माण सामग्री र उपकरणा पुरिएका छन् ।
त्यसैगरी फयाक्सिदा डयामसाइटको पारिपटिट नयाँबस्तीमा खाँदबारी–किमाथांका सडकखण्डमा सञ्चालनमा रहेको रौता कन्ट्रक्सनकाे एक्स्काभेटर बाटोबाट अन्दाजी ३० मिटर तल झरेर अड्किएको अवस्थामा रहेको पनि जनाइएको छ ।
चिचिला गाउँपालिका–४ मा रहेकाे खाँदबारी–किमाथांका सडकखण्डको सुम्मा भिरदेखि कप्ताने भन्ने ठाउँसम्म अन्दाजी ३ किलोमिटर दूरीको सडक खण्डमा अवरोध भएका कारण उत्तरी क्षेत्रको नुम, गोला र किमाथाङ्का जाने गाडी पूर्ण रुपमा बन्द भएको छ । सदरमुकाम खाँदबारीबाट एकदिनको पैदल दूरीमा रहेकाे यस क्षेत्रमा बिजुली पनि बन्द भएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ ।