नेपाली महिला टाेली खाे–खाे विश्वकपकाे फाइनलमा भारतसँग पराजित
माघ ६, २०८१ आइतबार
काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले याेग दिवसका अवसरमा गरेको ट्वीटलाई मेन्सन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भाषामा रिट्विट गर्नुभएकाे छ ।
विश्व योग दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीलाई शुभकामना दिँदै गरेकाे ट्वीटकाे ब्यहाेरा यस्ताे थियाे:
‘विश्व योग दिवसका अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । प्राच्य संस्कृतिको अनुपम उपलब्धि योग साधना मार्फत मन, वचन र कर्मले एकै स्थानमा स्थित रही जीवनलाई स्वस्थ्य बनाउने सफलता मिलोस्, शुभकामना ।’
— KP Sharma Oli (@PM_Nepal) June 21, 2019
यही ट्वीटलाई मेन्सन गर्दै भारतीय प्रधानमन्त्री माेदीले रिट्विट गर्नुभएकाे हाे जसकाे ब्यहाेरा यस्ताे थियाे:
‘योगको विशिष्टतालाई उजागर गर्नुका साथै व्यक्तिगत रुपमा उपस्थित भई योग दिवस कार्यक्रमलाई सुशोभित गर्नु भएकोमा प्रधानमन्त्री ओलीज्यूलाई धन्यवाद ज्ञापन गर्दछु ।’
— Narendra Modi (@narendramodi) June 21, 2019
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।