नेपाली महिला टाेली खाे–खाे विश्वकपकाे फाइनलमा भारतसँग पराजित
माघ ६, २०८१ आइतबार
काठमाण्डौ – निलम्बनमा परको सांसद रेशम चौधरी बिरामी परेपछि वीर अस्पताल भर्ना गरिएको छ ।
सुरक्षाकर्मीसहित ८ जनाको ज्यान जानेगरी चार वर्षअघि भएको टीकापुर हत्याकाण्डमा जिल्ला अदालत कैलालीबाट दोषी ठहर भएर जेल जीवन बिताइरहेका सांसद चौधरी काठमाण्डौको वीर अस्पताल भर्ना गरिएको छ । चौधरीलाई वीर अस्पतालमा खुट्टामा फलामको सिक्रीले बाँधेर उपचार गरिएको छ ।
सुरक्षाको कारण देखाउँदै प्रशासनले सिक्री बाँधेको बताएको छ । तर चौधरीलाई सिक्रीले बाँधेर उपचार गरिएको काम अमानवीय भएको भन्दै आलोचना भएको छ । कैदी जीवन बिताइरहेको भए पनि प्रशासनले सुरक्षा व्यवस्था कडा बनाए पनि यस्तो अमानवीय व्यवहार देखाउन नहुने भन्दै धेरैले सामाजिक सञ्जालमा प्रतिक्रिया दिएका छन् ।
फोक्सो र बोनम्यारोमा समस्या देखिएकाले अस्पतालमा भर्ना गरेर उपचार भइरहेको चौधरीका भाइ मिठुलाल चौधरीले उज्यालोलाई बताउनुभयो ।
चौधरी केही समयदेखि अस्पतालमा नियमित जाँचका लागि जाने गर्नुभएको थियो । बिहीबार स्वाश फेर्न र हिँड्नसमेत अप्ठेरो भएपछि अस्पताल भर्ना गरिएको मिठुलाल चौधरीले बताउनुभयो । चौधरीलाई केही दिन अस्पतालमा नै राखेर उपचार गर्नुपर्ने चिकित्सकहरुले बताएको उहाँले जानकारी दिनुभयो ।
२०७२ भदौ ७ गते भएको टीकापुर हत्याकाण्डका मुख्य अभियक्त भन्दै जिल्ला अदालत कैलालीले दोषी ठहर गरेको थियो । उहाँ १५ महिनादेखि डिल्लीबजार कारागारमा जेल जीवन बिताइरहनु भएको छ । अदालतले चौधरीसहित ११ जनालाई जन्मकैद फैसला सुनाएको थियो ।
गएको प्रतिनिधिसभा निर्वाचनमा उहाँ कैलाली १ बाट राष्ट्रिय जनता पार्टीको तर्फबाट विजयी हुनुभएको थियो ।
हेरौँ चौधरीलाई नेल लगाइएको प्रसंगमा आएका प्रतिक्रिया
पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका अध्यक्ष डाक्टर बाबुराम भट्टराई वीर अस्पताल पुगेरै रेशम चौधरीलाई. भेट्नु भएको छ । उहाँले यो घटना मानव अधिकार र नियमसंगत नभएको भन्दै प्रशासनको आलोचना गर्नु भएको छ ।
चौधरीलाई भेट्दै गरेको तस्बिर सामाजिक सञ्जालमा राख्दै भट्टराई लेख्नुहुन्छ, ‘टीकापुर थारू विद्रोहको क्रममा थुनामा रहनु भएका सांसद रेशम चौधरीलाई वीर अस्पतालमा मेरूदण्डसम्बन्धी उपचार गराइरहँदा १४ किलोको नेल र हतकडी लगाउनु कति मानवअधिकार र नियमसंगत हो ? आज सत्तामा बस्नेहरूले हिजोको गोलघरको यातना कति छिटै बिर्सेका हुन् ? यो हर्कत तुरून्त बन्द गर ।’
— Baburam Bhattarai (@brb1954) June 21, 2019
त्यस्तै कुटनीतिज्ञ मधुरमण आचार्य ट्विटरमा लेख्नुहुन्छ, नेल लगाएर राख्नुथ्यो भने किन सांसदको सपथ खुवाएको ? कस्तो कानुन ? कस्तो सांसद ? कस्तो प्रचलन ?
खै के बुझ्ने ?’
त्यस्तै विश्लेषक विनोद सिजापति लेख्नुहुन्छ, ‘वास्तवमै हाम्रो राज्य प्रयोगशाला भएको छ ।’
पत्रकार तथा लेखक नरेन्द्रजंग पिटर लेख्नुहुन्छ, ‘यसैदेशका यिनी अत्याधिक मतले विजयी संघीय सांसद रेशम चौधरी हुन् । ‘कसुरकै’ समय सपथ खुवाइयो । अहिले उनी अस्पतालमा छन् । तस्बिर आफै बोल्छ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Yadab pokharel
June 22, 2019, 10:14 a.m.८ जना सुरछ्याकर्मी अनि दुधे बालक को हत्या गर्ने रेशम लाई नेल नलगाएर के फुलको माला लगाउनु पर्ने त ? एक पटक सम्झनुस त त्यो नर सम्हार ।