नेपाली महिला टाेली खाे–खाे विश्वकपकाे फाइनलमा भारतसँग पराजित
माघ ६, २०८१ आइतबार
काठमाण्डाै - नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकमा दुई अध्यक्षले पार्टीको राजनीतिक प्रतिवेदनमा गरिएको सम्पादनबारे सचिवालय सदस्यहरुलाई जानकारी गराउनुभएकाे छ ।
बालुवाटारमा रहेकाे प्रधानमन्त्रीको सरकारी निवासमा शनिबार बसेको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदनमाथिको सम्पादनको प्रक्रिया र सम्पादनका विषयबारे जानकारी गराउनुभएको महासचिव विष्णु पौडेलले जानकारी दिनुभयो ।
पार्टी एकता एकीकरणको बाँकी प्रक्रिया छिटै सम्पन्न गर्ने विषय बैठकमा उठे पनि त्यसबारे निर्णयमा भने नपुगेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘कार्यविभाजन, केन्द्रीय कमिटीका सदस्यको कार्यविभाजन, केन्द्रीय निकाय र विभागहरुको गठन लगायत विषयमा शीघ्र निर्णय गर्ने र एकता एकीकरणको काम सम्पन्न गर्ने साथै पार्टी पक्तिलाई केन्द्रीकृत योजना अन्तरगत परिचालित गर्ने निर्णय बैठकले गरेको छ ।’
उहाँले सरकारको कामकारवाही अझै प्रभावकारी बनाउने विषयमा पनि बैठकमा छलफल भएको जानकारी दिनुभयो । बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो युरोप भ्रमणबारे जानकारी गराएको नेता बामदेव गौतमले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।