कुमार पौडेल दोहोरो झडपमै मारिएका हुन् : गृहमन्त्री थापा

 असार ९, २०७६ सोमबार ९:३३:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - गृहमन्त्री रामबहादुर थापा (बादल)ले विप्लव समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल दोहोरो झडपमा मारिएको बताउनुभएको छ । 

संसदको राज्यव्यवस्था समितिको सोमबारको बैठकमा मन्त्री थापाले गस्तिमा रहेका प्रहरीलाई लक्षित गर्दै आक्रमण गर्न थालेपछि प्रहरीले गरेको जवाफी कारवाहीमा पौडेल मारिएको बताउनुभयो ।    

गएको असार ५ गते सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर १ लखनदेहीस्थित जंगलको पश्चिम किनारामा प्रहरीको गोली प्रहारबाट पौडेलको ज्यान गएको थियो ।  

प्रहरीसँगको जवाफी कारवाहीमा अन्य तीन जना भने जंगलतर्फ भागेको र त्यसक्रममा प्रहरीले प्रहार गरेको गोली अर्को एक जनालाई लागेको आशंका गरिएको पनि गृहमन्त्री थापाले बैठकमा जानकारी गराउनुभयो । 

विप्लव समूहले लालबन्दी र हरिऔन इलाकाका स्थानीय जनप्रतिनिधि, व्यापारी, व्यवसायी एवं सर्वसाधारण व्यक्तिहरुलाई धम्क्याउँदै चन्दा माग्ने र नदिएमा ज्यान मार्ने धम्कीहरु दिने गरेको गुनासो आएपछि प्रहरीले त्यसक्षेत्रलाई निगरानीमा राखिरहेको पनि मन्त्री थापाको भनाइ छ ।   

घटनास्थलबाट प्रहरीले मेड इन युएसए लेखिएको रिभल्बर एक थान, कटुवा पेस्तोल एक थान र त्यसमा लाग्ने गोली ६ थान बरामद गरेको जानकारी पनि मन्त्री थापाले बताउनुभयो । 

समितिको आइतबार बसेको बैठकमा नेकपाका सांसद जनार्दन शर्माले कुमार पौडेललाई पञ्चायतकालमा जसरी यातना दिएर मारेको भन्दै आक्रोस व्यक्त गर्नुभएको थियो । उहाँले घटनाका बारेमा गृहमन्त्रीले जवाफ दिनुपर्ने भन्दै बैठकमा बोलाउन माग गर्नुभएको थियो ।  
 

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया