नेपाली महिला टाेली खाे–खाे विश्वकपकाे फाइनलमा भारतसँग पराजित
माघ ६, २०८१ आइतबार
काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी नेकपाकी संसदीय दलकी सचेतक शान्ता चौधरी माध्यमिक शिक्षा परीक्षा एसईईमा उत्तीर्ण हुनु भएको छ ।
उहाँ ‘बी’ ग्रेडमा उत्तीर्ण हुनु भएको हो । उहाँले २.६५ जीपीए ल्याउनु भएको छ । उहाँले गएको चैतमा भएको परीक्षा दाङको तुलसीपुर उपमहानगरपालिका ६ मा रहेको मावि सेन्टर तुलसीपुरबाट दिनु भएको थियो ।
नियमिततर्फ महेन्द्र मावि तुलसीपुरमा सञ्चालित खुला विद्यालयमा अध्ययन गरेकी चौधरीकाे (सिम्बोल नम्बर ०५८८४५३ भी हो । उहाँले सेण्टर मावि तुलसीपुर केन्द्रबाट परीक्षा दिनुभएको हो ।
उहाँकी छोरी विनु पनि एसईईमा उत्तीर्ण हुनु भएको छ । विनुले काठमाण्डौस्थित बसुन्धराबाट परीक्षा दिनु भएको थियो । २०७३ सालमा मावि डाँडागाउँमा कक्षा आठमा भर्ना भएपछि शान्ताको औपचारिक पढाइ सुरु भएको हो ।
२०६४ सालमा पहिलो संविधानसभामा उहाँ समानुपातिक सभाषद बन्नु भएको थियो । संसदीय समितिमा बस्दा पढाइ पनि आवश्यक हुने ठानेपछि उहाँले औपचारिक अध्ययनलाई निरन्तरता दिनु भएको हो । त्यसअघि उहाँ दाङमै कम्लरीमा भएर निकै संघर्षपूर्ण जीवन बिताउनु भएको थियो ।
थारु समुदायमा कम्लरी हुँदै पहिलो संविधानसभामा सभाषद भएपछि उहाँले ‘कम्लरीदेखि सभाषदसम्म’ आत्मकथा पनि सार्वजनिक गर्नु भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।