काठमाण्डौ-निजगढ द्रुतमार्गको डीपीआर छिट्टै स्वीकृत हुन्छ: मन्त्री महासेठ

 असार १२, २०७६ बिहीबार १९:३७:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले काठमाण्डौ–निजगढ द्रुतमार्ग आयोजनाको डीपीआर सरकारले छिट्टै स्वीकृत गर्ने बताउनु भएको छ । 

मन्त्री महासेठले आयोजनाको डीपीआर नेपाली सेनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पेश गरेको स्वीकार गर्दै त्यसलाई छलफल गरेर छिट्टै स्वीकृत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

बिहीबार संघीय संसदको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा उहाँले डीपीआरको अभावमा आयोजनाको काममा कुनै अवरोध नभएको दावी पनि गर्नुभयो ।

नेपाली सेनाले भने आयोजनाको डीपीआर स्वीकृत नहुँदा काममा ढिलाइ हुने देखिएको जनाएको थियो । तर मन्त्री महासेठले डिपीआरको अभावमा सो आयोजनाको काममा कुनै अवरोध नभएको दावी गर्नुभयो । उहाँले तोकिएकै समयमा आयोजनाको काम सम्पन्न हुनेगरी सरकारले आवश्यक सबै व्यवस्था नेपाली सेनालाई मिलाइदिएको पनि समितिलाई जानकारी दिनुभयो । डीपीआरको गहिरो अध्ययन गरेपछि सरकारले त्यसलाई स्वीकृत गर्ने मन्त्री महासेठको भनाइ छ ।

मन्त्री महासेठले सरकारले हुलाकी राजमार्ग, मदन भण्डारी राजमार्ग निर्माणको कामलाई प्राथमिकताका साथ अघि बढाएको पनि बताउनुभयो । बैठकमा समितिका सदस्यहरुले काठमाडौं–निजगढ द्रुतमार्ग आयोजनाको डीपीआर स्वीकृत नगरेको भन्दै सरकारको चर्को आलोचना गरेका थिए । 

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया