निजगढ विमानस्थलका लागि आवश्यक रुख काट्ने अनुमति दिन मन्त्रालयलाई निर्देशन

 असार १३, २०७६ शुक्रबार १७:५१:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - संसदीय समितिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि आवश्यक वन कटानका लागि तत्काल अनुमति दिन वन तथा वातवरण मन्त्रालयलाई निर्देशन दिएको  छ ।

संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको शुक्रबार सिंंहदरबारमा बसेको बैठकले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि आवश्यक वन कटान गर्न अनुमति दिन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको हो ।

डीपीआर हेरेर विमानस्थलको धावनमार्ग र अन्य पूर्वाधार निर्माणका लागि आवश्यक वन कटान गर्ने अनुमति दिन वन तथा वातावरण मन्त्रालयलाई निर्देश गरिएको समितिकी सभापति दिलकुमारी रावल थापाले जानकारी दिनुभयो । त्यसैगरी समितिले विमानस्थलको केन्द्र भागमा रहेको टाङ्गिया बस्तीलाई उचित ठाउँमा व्यवस्थापन गर्न पनि ढिलाई नगर्न सरकारलाई सचेत गराएको छ ।

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले विमानस्थलको कामलाई अघि बढाउन वन तथा वातावरण मन्त्रालयबाट वन कटानका लागि अनुमति पाउन नसकेको समितिलाई जानकारी गराउनु भएको थियो । उहाँले विमानस्थलको कामलाई अघि बढाउने गरी जग्गाको मुआब्जा वितरणको कामलाई पनि अघि बढाएको बताउनु भयो ।

बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले विमानस्थलको काम अघि बढाउन नसकेको भन्दै सरकारको चर्को आलोचना गर्नुभयो । उहाँले सो विमानस्थलको डीपीआरको काम समेत सम्पन्न किन नगरेको ? भनि सरकारलाई प्रश्न पनि गर्नुभयो ।

बैठकमा समितिका सदस्यहरुले टाङगिया बस्तीको उचित व्यवस्थापन समेत अझै हुन नसकेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरेका थिए ।

अन्तिम अपडेट: माघ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया