नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले युगान्डा भ्रमण गर्ने, १८ ...
फागुन ६, २०८१ मंगलबार
एसीसी यू–१९ इस्टर्न रिजन च्याम्पियनसिपको खेल तालिका परिवर्तन भएको छ । म्यानमारले अन्तिम समयमा प्रतियोगिताबाट नाम फिर्ता लिएपछि पुरै खेल तालिका परिवर्तन भएको हो ।
म्यानमारले आन्तरिक कारण देखाउदै अन्तिमसम्म एसीसीमा खेलाडीको नाम नबुझाएपछि प्रतियोगितामा सहभागिता जनाउने टिम पनि सात वटामात्र हुने भएका हुन् । यसले नेपालको तालिकामा पनि परिवर्तन ल्याएको छ । यसअघि नेपालले जुलाई दुई तारिखमा म्यानमारसँग खेल्ने तालिका भए पनि अब तीन तारिखमा चीनविरुद्धको खेलबाट प्रतियोगिताको सुरुवात गर्नेछ ।
यसअघिको खेल तालिका अनुसार नेपालकाे दोस्रो खेल ५ तारिखमा चीन र ६ तारिखमा सिंगापुरसँग रहेको थियो । अब उसले पहिलो खेल तीन तारिखमा खेलेपछि दोस्रो खेल ५ तारिखमा सिंगापुरसँग खेल्नेछ । यसकाे अर्थ नेपालले एक खेलमात्र जिते पनि सेमिफाइनलमा पुग्नेछ ।
यसका साथै उसले पहिलो खेलपछि एक दिन आराम पाउने छ भने सिंंगापुरविरुद्धको खेलपछि दुई दिन आराम पाउने भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।