नेपाली महिला टाेली खाे–खाे विश्वकपकाे फाइनलमा भारतसँग पराजित
माघ ६, २०८१ आइतबार
काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले यथास्थितिमा नेपाल वायुसेवा निगमलाई एक पैसा पनि दिन नसकिने बताउनु भएको छ ।
प्रधानमन्त्री ओलीले ३७ अर्ब घाटामा रहेको नेपाल वायुसेवा निगमको व्यवस्थापनमाथि सरकारको विश्वासनै नरहेको पनि स्पष्ट पार्नु भयो । निगमको ६१ औं वार्षिकोत्सवको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले तत्काल नेपाल वायुसेवा निगमको समग्र कामकार्बाहीमा सुधार नभए सरकार त्यसकाे संचालनका लागि रणनीतिक साझेदार खोज्न बाध्य हुने पनि स्पष्ट पार्नु भयो ।
‘निगमको व्यवस्थापन र संचालनमा तत्काल सुधार आउनु पर्यो, नभए त्यसको संचालनका लागि सरकार रणनीतिक साझेदार खोज्न बाध्य हुनेछ,’ प्रधानमन्त्री ओलीको नेपाल वायु सेवा निगमलाई प्रश्न थियो, ‘निजी क्षेत्रले चलाउन सक्ने विमान किन निगमले चलाउन सक्दैन ?’
प्रधानमन्त्री ओलीले वाइडबडी विमान चलाउनका लागि गन्तव्यको खोजी गर्न नसकेकोमा पनि आपत्ति जनाउनु भयो । उहाँले सरकार निगमको साथमा रहेको तर निगमले विमान संचालन गर्न नसकेकोमा आक्रोश व्यक्त गर्नु भयो ।
प्रधानमन्त्री ओलीले आफूले निगमको विमान उडान भर्नका लागि यूरोपियन देशहरुसँग पनि कुरा गरेको उल्लेख गर्दै भएको विमानहरुलाई चुस्त राख्न पनि सचेत गराउनु भयो । आकाशमा हुनुपर्ने विमानले एयरपोर्ट मात्रै ओगटने गरेको भन्दै उहाँले असन्तुष्टी व्यक्त गर्नुभयाे ।
उहाँले विमान संचालनको स्पष्ट योजनाकासाथ काम गर्न पनि निगम व्यवस्थापनलाई सचेत गराउनु भयो । प्रधानमन्त्री ओलीले निगमलाई आवश्यक बजेट दिन सकिने तर त्यसका लागि व्यवस्थापनमा सुधार हुनुपर्ने पनि स्पष्ट पार्नु भयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।