नेपाली महिला टाेली खाे–खाे विश्वकपकाे फाइनलमा भारतसँग पराजित
माघ ६, २०८१ आइतबार
माेरङ - प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई अमेरिका प्रस्थान गर्नुभएको छ ।
अमेरिकाको बाल्टिमोरमा असार २० देखि २२ गतेसम्म हुन लागेको नेपाली राष्ट्रिय सम्मेलनको प्रमुख अतिथिको रुपमा सहभागी हुन मुख्यमन्त्री राई साेमबार साँझ अमेरिका प्रस्थान गर्नुभएको हो ।
प्रदेश १ सरकारको सिफारिस र संघीय सरकारको स्वीकृतबमोजिम मुख्यमन्त्री राई अमेरिका प्रस्थान गर्नुभएको हो । अमेरिकामा हुने त्यस कार्यक्रममा मुख्यमन्त्री राईले गैरआवासीय नेपालीहरुलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा मुख्यमन्त्री राईले प्रदेश १ को विकास प्रक्रियाका बारेमा सम्बोधन गर्नुका साथै गैर आवासीय नेपालीहरुको भूमिकाको विषयमा समेत धारणा राख्नुहुनेछ ।
प्रदेश १ सरकारले भर्खरै नीति तथा कार्यक्रम र बजेट ल्याएसँगै मुख्यमन्त्री राईको यो अमेरिका भ्रमणलाई निकै अर्थपूर्ण हेरिएको छ । नीति कार्यक्रम र बजेटमा प्रदेश सरकारले लगानी सम्मेलन गर्ने जनाएको छ । लगानी सम्मेलनबारे पनि मुख्यमन्त्री राईले अमेरिकामा रहेका नेपालीहरुसँग छलफल गर्नुहुनेछ । यसअघि यो कार्यक्रममा भाग लिन नेपालका विशिष्ट व्यक्तित्वहरु सहभागी भइसकेका छन् ।
सम्मेलनको आयोजना अमेरिकामा रहेका नेपाली चार संस्था एसोसियशन अफ् नेप्लिज इन अमेरिका, एसोसियशन अफ् नेप्लिज इन मिड वेस्ट अमेरिका, अन्तर्राष्ट्रिय साहित्य समाज र बाल्टिमोर एसोसियशन अफ् नेप्लिज इन अमेरिकाले संयुक्त रुपमा गरेका हुन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।