नेपाली महिला टाेली खाे–खाे विश्वकपकाे फाइनलमा भारतसँग पराजित
माघ ६, २०८१ आइतबार
काठमाण्डाै - सर्लाही र महोत्तरीको घटनामा प्रहरीले दमन गरेको भन्दै राष्ट्रिय जनता पार्टी राष्ट्रिय मानव अधिकार आयोग पुगेको छ ।
बुधबार अपराह्न राजपा अध्यक्ष मण्डलको टोलीले आयोगका अध्यक्ष अनुपराज शर्मालाई भेटेर शान्तिपूर्ण विरोधमा जम्मा भएका सर्वसाधारणमाथि गोली चलाएर दमन गर्न खोजेको भन्दै मानव अधिकारको रक्षाको पहल गर्न अनुरोध गरेको हो ।
गएको असार १५ गते पूर्व पश्चिम राजमार्गको सर्लाही जिल्लाको बाँके चोकमा शान्तिपूर्ण विरोध प्रदर्शनमा आएका सर्वसाधारणलाई प्रहरीले गोली चलाउँदा इश्वरपुर नगरपालिका-१३, का २६ वर्षीय सरोज नारायण सिंंहको टाउकाेमा गाेली लागेर ज्यान गएको थियो ।
प्रहरीले सामान्य बल प्रयोग गरेर नियन्त्रण गर्नसक्ने अवस्थामा पनि गोली नै चलाउनुले प्रहरीको मधेशी जनतालाई हेर्ने दृष्टिकोण अन्यभन्दा फरक रहेको राजपाले आरोप लगाएको छ । प्रहरीले मान्छेको शान्तिपूर्ण विरोध गर्न पाउने अधिकार कुण्ठित गर्दै गोली नै चलाउन थालेपछि मानिसको बाँच्न पाउने अधिकार नै खोसिएको राजपाकाे आरोप छ ।
राजपा नेपालको ज्ञापनपत्र बुझ्दै आयोग अध्यक्ष शर्माले छानबिन आयोग गठन गर्न सरकारलाई दबाब दिनुपर्ने बताउनु भयो । पछिल्ला केही घटनामा शान्तिपूर्ण विरोध प्रदर्शनमा प्रहरीले अत्याधिक बल प्रयोग गर्न थालेको भन्दै विना दबाब सरकारले केही नगर्ने बताउनु भयो ।
सर्लाही र महोत्तरीको सीमामा रहेको बाँके नदीमा बालुवा गिट्टी निकाल्न खनेको खाल्डोमा डुबेर स्थानीय बालक १२ वर्षीय अमृत रायको मृत्यु भएको सम्बन्धमा मृतकका परिवार र गाउँलेले दोषीलाई कारबाही र क्षतिपूर्तिको माग राख्दै गरेको प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।