प्रधानमन्त्री ओलीलाई सांसद शाहीको आग्रह : मेरो स्कूटरको पछाडि बसेर वनस्थलीसम्म यात्रा गरौँ

 असार १९, २०७६ बिहीबार १७:१९:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद रगंमती शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘काठमाण्डौमा मास्क लगाएर हिँडन नपर्ने’ भनि दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउनु भएको छ । 

बिहीबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा सांसद शाहीले काठमाण्डौमा मास्क लगाउन पर्ने/नपर्ने अवस्थाको जानकारी लिन आफूसँगै स्कूटरमा बसेर यात्रा गर्न पनि प्रधानमन्त्री ओलीलाई आह्वान गर्नुभयो । ‘म वनस्थली बस्छु, यहाँबाट वनस्थलीसँग मेरो स्कुटरको पछि बसेर यात्रा गर्नु हुन्छ’, सांसद शाहीले भन्नुभयो, ‘प्रधानमन्त्रीलाई मेराे सुझाव छ, त्यसपछि थाहा हुन्छ मास्क लगाउनु पर्छ कि पर्दैन भनेर ।’

प्रधानमन्त्री ओलीले केही दिन अघि काठमाण्डौमा आयोजित एक कार्यक्रममा मास्क लगाएर हिँड्नुपर्ने अवस्था नरहेको अभिव्यक्ति दिनु भएको थियो । प्रधानमन्त्रीको त्यस अभिव्यक्तिको सामाजिक सञ्जालमा समेत चर्को आलोचना भैरहेको छ ।

सांसद शाहीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ उपस्थित भएको बैठकमा प्रधानमन्त्रीले उद्घाटन गर्नु भएको विद्युतीय बस कहाँ छ भनी प्रश्न पनि गर्नुभयो ।

उहाँले सरकारले ३ सय वटा विद्युतीय बस सञ्चालन गर्ने योजना बनाएको उल्लेख गर्दै त्यसका लागि ब्याट्री चार्जिङ स्टेशनको व्यवस्थापनसम्बन्धी योजनाबारे पनि जिज्ञासा राख्नु भएको थियो । 

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया