सरकारविरुद्ध भैरहेका आक्रमण र अप्ठ्यारा परिस्थितिलाई चिर्दै अघि बढ्छाैँः अध्यक्ष दाहाल

 असार २०, २०७६ शुक्रबार १३:५६:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सङ्घीय समाजवादी फोरम नेपालसँग एकीकरण गरेका तत्कालीन नयाँ शक्ति पार्टीका नेता तथा कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी प्रवेश गरेका छन् । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कार्यालय धुम्बाराहीमा भएको पार्टी प्रवेश कार्यक्रममा पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले पार्टी प्रवेश कार्यक्रम पुनर्मिलन समारोह भएको बताउनुभएको छ । 

अध्यक्ष दाहालले भन्नुभयो, ‘यो कुनै नयाँ र अनौठो अनुभूति होइन, पहिले अलग अलग हिँडेर उहाँहरु फेरि हामीसँग जोडिन आउनुभएको हो ।’ पार्टी प्रवेश गर्ने कोही पनि नयाँ नभएको र के-कस्ता होलान् भनेर चिन्ता लिनु नपर्ने उहाँले बताउनुभयो । 

अध्यक्ष दाहालले नेकपा अहिले नेपाली इतिहास र राजनीतिको ऐतिहासिक क्षणमा रहेको धारणा राख्नुभयो । ‘नेपाली जनताले हाम्रो पार्टीलाई विश्वास गरेर देश विकास, आर्थिक समृद्धि र राष्ट्रिय एकताको पहरेदारी गर्न चुनेका हुन् । यो प्रतिक्रियावादीहरुलाई मन परेको छैन,’ उहाँले भन्नुभयो ।  

अध्यक्ष दाहालले सरकारविरुद्ध भैरहेका आक्रमण र देखिएको अप्ठ्यारा परिस्थितिलाई चिर्दै अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । पार्टी प्रवेश गर्नेमा विभिन्न जिल्ला संयोजक, पार्टी सदस्य, सक्रिय पार्टी कार्यकर्ता, वाईसीएल जिल्ला सदस्यलगायत छन् । 

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया