तरकारीकाे माला लगाएर नेवि संघले गर्‍याे विषादी परीक्षण स्थगनकाे विराेध

 असार २२, २०७६ आइतबार १५:३५:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठकाण्डाै - भारतबाट आयात हुने फलफूल तथा तरकारीको विषादी परीक्षणको काम तत्कालका लागि स्थगन गर्ने सरकारको निर्णयविरुद्ध नेपाल विद्यार्थी संघ (नेवि संघ)ले सडक आन्दोलन सुरु गरेको छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस निकट नेविसंघले जनताको स्वास्थ्यमाथि गम्भीर खेलबाड गर्नेगरी सरकारले लिएको निर्णयविरुद्ध आइतबारबाट काठमाण्डौमा सडक आन्दोलन सुरु गरेको हो । लौका, बोडी, सिमीलगायतका तरकारीको माला लगाएर काठमाण्डौको प्रर्दशनीमार्गमा विरोध प्रर्दशन गरिरहेका नेविसंघका नेता, कार्यकर्ताहरुले भारतबाट आयात हुने फलफूल तथा तरकारीको विषादी परीक्षणको काम तत्काल सुरु नगरे सरकारविरुद्ध देशभर आन्दोलन सुरु गर्ने चेतावनी दिए ।

प्रर्दशनीमा ‘विषादीयुक्त फलफूल तथा तरकारी खुवाउन पाइँदैन, जनता मार्ने सरकार चाहिँदैन’ लगायतका नारासहित सरकारको चर्को आलोचना गरिएको थियो ।

जनतालाई विष खुवाउने निर्णय सरकारबाटै आएकाले त्यसको विरोधमा आन्दोलन गर्नु परेको नेविसंघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेले जानकारी दिनुभयो । उहाँले सरकारले भारतबाट आयात हुने फलफूल तथा तरकारीको विषादी परीक्षण सुरु नगरेसम्म सरकारविरुद्धको आन्दोलन जारी राख्ने चेतावनी पनि दिनुभयो ।

नेविसंघले सरकारको निर्णयको विरोधमा सोमबारबाट सबै जिल्लाहरुमा आन्दोलन गर्ने तयारी पनि गरेको छ । भारत तथा तेस्रो मुलुकबाट नेपालमा आयात हुने फलफूल तथा तरकारीको विषादीको परीक्षण तत्कालका लागि स्थगन गर्ने सरकारको निर्णयको चौतर्फी विरोध भइरहेको छ । 

अन्तिम अपडेट: माघ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया