नेपाली महिला टाेली खाे–खाे विश्वकपकाे फाइनलमा भारतसँग पराजित
माघ ६, २०८१ आइतबार
काठमाण्डाै - संसदीय सुनुवाइ विशेष समितिले सरकारले सिफारिस गरेका चार जना राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।
संसदीय सुनुवाइ विशेष समितिको सोमबार बसेको बैठकले बंगलादेशका लागि प्रस्तावित राजदूत डा. वंशीधर मिश्र, अष्ट्रेलियाका लागि प्रस्तावित राजदूत महेशराज दाहाल, कतारका लागि प्रस्तावित राजदूत नारद भारद्वाज र स्पेनका लागि प्रस्तावित राजदूत दावाफुटी शेर्पाको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।
योग्यता, क्षमता र कार्ययोजना चित्तबुझ्दो भएकाले सरकारले सिफारिस गरेका राजदूतहरुको नाम सर्वसम्मतिले अनुमोदन गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।
यसअघि समितिको बैठकमा प्रस्तावित राजदूतहरु मिश्र, दाहाल, भारद्वाज र शेर्पाले क्रमशः आफ्नो योग्यता, क्षमता र कार्ययोजना प्रस्तुत गर्दै नेपाललाई समृद्ध बनाउने गरी आफूहरुले कूटनीतिक गतिविधिलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।
संसदीय समितिले अनुमोदन गरेका चार वटै देशका प्रस्तावित राजदूतहरुलाई राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।