नेपाली महिला टाेली खाे–खाे विश्वकपकाे फाइनलमा भारतसँग पराजित
माघ ६, २०८१ आइतबार
काठमाण्डौ – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संसदमा गृहमन्त्रीले दिएको स्पष्टीकरणप्रति आपत्ति जनाउनु भएको छ ।
गएको असार ५ गते सर्लाहीमा भएको भनिएको भिडन्तमा विप्लव समूहका सर्लाही इञ्चार्ज कुमार पौडेलको ज्यान गएकोबारे कांग्रेसले प्रतिनिधि सभा बैठकमा कांग्रेसले सरकारको जवाफ मागेको थियो । पौडेललाई नियन्त्रणमा लिएर हत्या गरिएको दाबी गर्दै कांग्रेसले सरकारको जवाफ मागेको थियो ।
कांग्रेसले उठाएको प्रश्न दिँदै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले देशमा शान्ति सुव्यवस्था कायम गर्न र लोकतन्त्रको रक्षा गर्ने क्रममा सर्लाहीमा प्रहरीले गोली चलाउदा सर्लाही घटना भएको स्पष्टीकरण दिनुभएको थियो । उहाँले सर्लाहीमा विप्लव समूहले चन्दा आतंक मच्चाएको, जनप्रतिनिधिलाई धम्की दिएको र उनीहरुकै मागअनुसार शान्ति सुव्यवस्था, नागरिकको जिउधनको रक्षा गर्न सरकारले कदम चालेको बताउनु भएको थियो ।
गृहमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै विपक्षी दलले छानबिनका लागि संसदीय समिति गठन गर्नु पर्ने माग गरेका छन् ।
गृहमन्त्रीको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै कांग्रेस प्रवक्ता शर्माले ट्विटरमा प्रधानमन्त्रीलाई प्रश्न गर्नु भएको छ, ‘लोकतन्त्रको रक्षा गोली चलाएर नै हुने हो ? गृहमन्त्रीको अभिव्यक्ति व्यक्तिगत कि सरकारकै धारणा ?
— Bishwa Prakash शर्मा (@bishwaprakash77) July 9, 2019
प्रवक्ता शर्मा प्रश्न सोध्नुहुन्छ, ‘उसबेलाको ‘प्रजातन्त्र’ले गोली चलाएर नै आफ्नो रक्षा चाहेको भए थुप्रै हुरी,चट्याङ र बादलहरु बेपत्ताको लिस्टमा पुग्ने थिएनन् र ? सहादतको सूचीमा भलै हामी कैयौँको नाम हुन्थ्यो !’
गएको असार ५ गते सर्लाहीमा भएको भनिएको भिडन्तमा विप्लव समूहका सर्लाही इञ्चार्ज कुमार पौडेलको ज्यान गएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।