नेपाली महिला टाेली खाे–खाे विश्वकपकाे फाइनलमा भारतसँग पराजित
माघ ६, २०८१ आइतबार
काठमाण्डौ – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले ६५ वर्ष पूरा भएका नागरिकलाई ज्येष्ठ नागरिकको मान्यता दिन सरकारलाई दबाब दिन सुरु गरेको छ ।
नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले ६५ वर्ष पूरा भएका नागरिकलाई ज्येष्ठ नागरिक तोक्न सरकारलाई दबाब दिनुभएको हो । आइतबार संघीय संसदको महिला तथा सामाजिक समितिको बैठकमा ‘ज्येष्ठ नागरिक सम्बन्धी विधेयक’ माथिको छलफलमा भाग लिँदै उहाँले ज्येष्ठ नागरिकको उमेर ७० वर्ष नै राख्नुपर्ने सरकारको प्रस्तावमा पुनर्विचार गर्नुपर्ने पार्टीको पुरानै अडान दोहोर्याउनु भयो ।
सचेतक भुसालले भूगोललाई हेरेर पनि सरकारले ६५ वर्ष उमेर पूरा गरेका नागरिकलाई ज्येष्ठ नागरिकको मान्यता दिएर सेवा, सुविधा उपलब्ध गराउनुपर्ने तर्क गर्नुभयो । उहाँले विधेयकमा ‘अति ज्येष्ठ नागरिक’ भन्ने प्रावधान राखिएकोमा पनि आपत्ति जनाउनु भयो । ज्येष्ठ नागरिकहरुलाई वर्गीकरण गर्न नहुने उहाँको भनाइ थियाे ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीकी सांसद विनुकुमारी श्रेष्ठले पनि ज्येष्ठ नागरिकहरुलाई वर्गीकरण गर्ने काम नगर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भयाे । उहाँले ८० वर्ष पूरा भएका नागरिकलाई विशेष सुविधाको व्यवस्था गर्न हुने तर ज्येष्ठ नागरिकहरुमाथि नै विभेद हुने गरी अति ज्येष्ठ नागरिक भन्ने प्रावधान भने राख्न नहुने स्पष्ट पार्नुभयो ।
सरकारले समितिमा पेश गरेको विधेयकमा ८० वर्ष पूरा भएका ज्येष्ठ नागरिकलाई 'अति ज्येष्ठ नागरिक' को मान्यता दिने प्रावधान राखिएको छ । त्यसप्रति सत्तारुढ नेकपाकै सांसदहरुको पनि असहमति छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।