एन्फा महिला लिगमा एपीएफले बाग्मती युथलाई ६ गोलले हरायो
माघ २, २०८१ बुधबार
सोलुखुम्बु - सोलुखुम्बुको फाप्लु विमानस्थल पहिरोको जोखिममा परेको छ । निरन्तरको वर्षासँगै धावन मार्गको माथिल्लो भागबाट पहिरो जान थालेको छ ।
विमानस्थलको ६ सय मिटर धावन मार्ग मध्ये करिब ३ सय मिटर धावनमार्गमा पहिरोको जोखिम देखिएको हाे । धावन मार्गको माथिल्लो भागबाट सुरु भएको पहिरो बढ्दै जाने हो भने धावन मार्गमा नै असर पुग्ने नागरिक उड्यन प्राधिकरण फाप्लुका निमित्त प्रमुख प्रभास रन्जनले बताउनुभयो ।
उहाँका अनुसार विमानस्थलको घेराबार गरिएको स्थान नै पहिरोले भत्काउने जोखिममा परेको छ । विमानस्थलको माथिल्लो भागमा केही समयअघि मात्र निर्माण सम्पन्न घेराबारसमेत पहिरोले भासिएको छ ।
पहिरो जानसक्ने भएकाले अहिलेको पार्किङ स्थल पनि जोखिममा परेको नागरिक उड्यन प्राधिकरण फाप्लुले जनाएको छ । वर्षाको समय भएकाले जुनसुकै समयमा पनि भितो भत्किने सम्भावन देखिएकाे कार्यलयका निमित्त प्रमुख रन्जनको भनाई छ ।
विमानस्थलमा जानसक्ने पहिराे राेक्न बेलैमा ध्यान दिन नसके ठूलो दुर्घटना निम्तने सम्भावना रहेको स्थानीयको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।