नेपाली महिला टाेली खाे–खाे विश्वकपकाे फाइनलमा भारतसँग पराजित
माघ ६, २०८१ आइतबार
काठमाण्डौ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विश्व समुदायलाई नेपाल भ्रमण गर्न आग्रह गर्नुभएको छ ।
नेपाल सरकारले भ्रमण वर्ष २०२० मनाउन लागिरहेको पूर्व सन्ध्यामा मन्त्री पोखरेलले नेपाल विश्वको उत्कृष्ट पर्यटकीय गन्तव्यमध्येको एक भएको बताउनु हुँदै विश्व समुदायलाई नेपाल भ्रमणका लागि निमन्त्रणा दिनुभएको छ ।
युनेस्कोको आयोजनामा अमेरिकाको न्यूयोर्कमा आयोजित दिगो विकास लक्ष्य–४ सम्बन्धी हाई लेभल पोलिटिकल फोरममा भाग लिन मन्त्री पोखरेल न्यूयोर्क जानुभएको हो । मन्त्री पोखरेलले कन्सुलेट जनरल अफ् नेपाल र नेपाल अमेरिका फाउण्डेसनको आयोजना तथा नेपाल पर्यटन बोर्डको सहआयोजनामा भिजिट नेपाल २०२० लाई सफल बनाउन आयोजित ‘नेपालको पर्यटन, कला र संस्कृति’ विषयक गोष्ठीलाई सम्बोधन गर्नुभएको छ ।
मन्त्री पोखरेलले बुद्ध जन्मभूमि, विश्वको अग्लो समगरमाथा भएको देश नेपालको विश्वमा छुट्टै पहिचान भएको बताउनुभयो ।उहाँले नेपाल प्राकृतिक र सांस्कृतिक रुपमा धनी भएको बताउँदै नेपाल सरकारले २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको जानकारी दिनुभयो ।
नेपालको विद्यालयका पाठ्यक्रममा असल मानवीय मूल्यहरु समेटिएको प्रष्ट पार्नु हुँदै मन्त्री पोखरेलले नेपालीहरु अतिथि सत्कारका लागि राम्रो सेवा दिन सक्षम रहेको पनि बताउनुभयो ।
विश्व समुदायको ध्यान नेपालतिर आकर्षित गर्न आयोजना गरिएको कार्यक्रममा मन्त्री पोखरेलले नेपाल सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’को नाराका साथ अघि बढिरहेको बताउनुहुँदै नेपाल सुन्दर, सुरक्षित र महत्त्वपूर्ण पर्यटकीय गन्तव्य भएको उल्लेख गर्नुभयो ।पर्यटन प्रवर्द्धन र विकासका लागि नेपाल सरकारले प्राथमिकतामा राखेको उहाँले बताउनुभयो ।
नेपाल आउने पर्यटकलाई आवश्यक सम्पूर्ण सेवा र सुरक्षा दिन नेपाल सरकार तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुहुँदै मन्त्री पोखरेलले विविधताले भरिपूर्ण सुन्दर देश भ्रमण गर्न आग्रह गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।