नेपाली महिला टाेली खाे–खाे विश्वकपकाे फाइनलमा भारतसँग पराजित
माघ ६, २०८१ आइतबार
काठमाण्डौ - सरकारले साझा यातायातले पहिला सफलता हासिल गरेकाले विद्युतीय बस खरिदका लागि ३ अर्ब रुपैयाँ दिन लागेको प्रष्ट पारेको छ ।
मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले साझाले आफ्नाे अवस्था सुधार्दै जानुकाे विकल्प नरहेकाे बताउनुभयाे ।
पत्रकार सम्मेलनमा घाटामा रहेको भनिएको साझा यातायातलाई सरकारले किन विद्युतीय बस खरिद गर्न पैसा दिन लागेको भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रवक्ता बाँस्कोटाले साझाले पनिे आफ्नो आर्थिक स्वास्थ्य सुधार गर्दै लैजानु पर्ने बताउनुभयो ।
सरकारले लगानी गरेपछि त्यसमा कसैले बेपर्वाह वा बेमतलब गरे त्यो सैह्य नहुने पनि बताउनुभयो । अहिले सरकार आफैले सार्वजनिक यातायात सञ्चालन गर्न सक्ने अवस्थामा नरहेकाले पनि साझालाई त्यसको जिम्मेवारी दिन लागिएको स्पष्ट पार्नुभयो ।
काठमाण्डौको ट्राफिक व्यवस्थापन चुस्त बनाउन र वातावरण प्रदूषण पनि कम गर्न ठूला विद्युतीय बस आवश्यक भएको उहाँले बताउनुभयो ।
साझाले केही गर्न थाल्यो भने झकझकाइ दिने तपाईँहरु हुँदै हुनुहुन्छ नि भन्दै प्रवक्ता बाँस्कोटाले मिडियाले पनि निरन्तर रुपमा आवाज उठाइदिन आग्रह गर्नुभयो ।
‘त्यहाँ केही बदमासी हुन थाल्यो भने तपाईँहरु हुनुहुन्छ नि । तपाईँहरुले निरन्तर निगरानी राखिदिए भइहाल्यो’, उहाँले भन्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।