५ जना श्रीलंकाली नागरिकलाई देश निकाला: यस्ता छन् मन्त्रिपरिषदका निर्णय

 साउन २, २०७६ बिहीबार १७:३१:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - मन्त्रिपरिषदकाे बैठकले अवैध रुपमा बसिरहेका ५ जना श्रीलंकाली नागरिकलाई देश निकाला गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले यस्तो जानकारी दिनुभएको हो । गैरकानुनी रुपमा लामो समयदेखि बसिरहेका उनीहरुको दुई लाख ५० हजार अमेरिकी डलरभन्दा बढी भिसा शुल्क मिनाहा गरेर निस्काशन गर्ने सरकारले निर्णय गरेको हो ।

यस्तै बैठकले राष्ट्रिय आवास कम्पनी लिमिटेडको महाप्रबन्धकमा नारायणप्रसाद बास्तोलालाई नियुक्त गर्ने निर्णय गरेको छ । यस्तै तीन सय थान नयाँ विद्युतीय बस खरिद गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत् साझा यातायात सहकारी संस्था लिमिटेडलाई तीन अर्ब रुपैयाँ नेपाल सरकारको शेयर लगानीका रुपमा उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

मन्त्रिपरिषद् बैठकले बुटिक विमानस्थल विकास सम्बन्धी कार्यविधि, २०७६ संशोधन गर्नुका साथै नागरिक उड्ड्यन प्राधिकरणका कर्मचारीको सेवाका शर्त र सुविधासम्बन्धी अठारौँ संशोधन नियमावली पनि स्वीकृत गर्ने निर्णय पनि गरेको छ । 


 

अन्तिम अपडेट: माघ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया