नेपाली महिला टाेली खाे–खाे विश्वकपकाे फाइनलमा भारतसँग पराजित
माघ ६, २०८१ आइतबार
काठमाण्डाै - नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले बालुवाटार जग्गा प्रकरणमा आफ्नो संलग्नता नरहेको दावी गर्नु भएको छ ।
तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको हैसियतमा जग्गा प्रकरणमा मुछिएको समाचार आईरहेका बेला गच्छदारले त्यसमा आफ्नो कुनै पनि संलग्नता नरहेको प्रतिक्रिया दिनु भएको हो । आइतबार साँझ भारतबाट स्वदेश फर्कनु भएका गच्छदारले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीमाझ माधवकुमार नेपाल नेतृत्वको सरकारको पालामा आफूले बालुवाटारमा सडक फराकिलो बनाउनका लागि प्रस्ताव लगे पनि भूमि सम्बन्धि कुनै प्रस्ताव नलगेको बताउनुभयाे ।
उपसभापति गच्छदारले आफू आँखाको उपचारका लागि अमेरिकाबाट सिँधै भारत जाँदा जग्गा प्रकरणको अभियोग छल्न गएकाे भन्ने गरी विभिन्न समाचार माध्याममा समाचार आएकाे प्रति आपत्ति पनि जनाउनु भयो । उहाँले जग्गा प्रकरणबारे सोधपुछ गर्न चाहे आफूले अख्तियार दूरुपयोग अनुसन्धान आयोगलाई सहयोग गर्ने स्पष्ट पार्नु भयो । अख्तियार संवैधानिक निकाय भएकाले त्यसले सोधपुछ गरे आफूले सहयोग गर्ने गच्छदारको भनाई छ ।
माधवकुमार नेपाल नेतृत्वको सरकारको पालामा गच्छदार उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार मन्त्री हुनुहुन्थ्यो । मन्त्रीको हैसियतमा त्यस जग्गा प्रकरणमा मुछिएको र त्यसबारे सोधपुछ गर्न अख्तियारले तयारी गरेपछि गच्छदार त्यसलाई छल्न अमेरिका र भारत भ्रमणमा गएको समाचार आएको थियो । त्यसमा सत्यता नरहेको गच्छदारको दावी छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।