गालीगलौजमा उत्रिए प्रदेश २ का मुख्यमन्त्री र मन्त्री

 साउन ६, २०७६ सोमबार १३:५३:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

धनुषा – प्रदेश २ का मुख्यमन्त्रीदेखि केही मन्त्रीसम्मले सार्वजनिक स्थल एवं सञ्चार माध्यममा अन्तर्वाताकाे क्रममा अश्लील शब्द प्रयोग गर्ने गरेका छन् ।

मुख्यमन्त्री लालबाबु राउत र समाजिक विकास मन्त्री नवलकिशोर साहले केही दिनअघि सार्वजनिक स्थलमा पदीय मर्यादा नाघेर टिप्पणी गरेका छन् ।

केही दिनअघि मात्र मुख्यमन्त्री लालबाबु राउतले एउटा युट्यूब च्यानलमा अन्तरवार्ताको क्रममा अपशब्द प्रयोग गर्नु भएको छ । यस्तै समाजिक विकास मन्त्री नवलकिशोर साहले केही दिनअघि मन्त्रालयको कुर्सीमै बसेर तथानाम गालीगलौज गरिरहेको भिडियो समेत सार्वजनिक भएको छ ।

प्रदेश सरकारले अँगालेको सुशासन, पारदर्शीता र भ्रष्टचारमा शून्य सहनशीलताकाे नीतिविपरीत मुख्यमन्त्रीदेखि मन्त्रीहरु काम गर्न थालेका छन् । प्रदेश सरकारले गर्ने गरेको अनाधिकृत क्रियाकलाप सञ्चार माध्यममा निरन्तर सार्वजनिक भएपछि मुख्यमन्त्रीदेखि मन्त्रीहरु सञ्चारमाध्यम र पत्रकारहरुप्रति आक्रामक भएका हुन् ।

पछिल्लो सममयमा आफ्ना गलत गतिविधिको भण्डाफोर हुन थालेपछि  उनीहरुले सार्वजनिक स्थलमा समेत पत्रकारहरुलाई गालीगलौज गर्दै हिँड्ने गरेका छन् ।

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया