नेकपा ‘विप्लव’ का म्याग्दी इञ्चार्ज र सेक्रेटरी पक्राउ

 साउन ६, २०७६ सोमबार २०:४४:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

म्याग्दी – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई नेता म्याग्दीबाट पक्राउ परेका छन् ।

तत्कालीन धवलागिरि ब्यूरो सदस्य हाल म्याग्दी इञ्चार्ज कमानसिंह नकाल क्षेत्री (विकिरण) र म्याग्दी जिल्ला सेक्रेटरी बाबुलाल शाक्यलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । 

प्रहरी कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई सोमबार साँझ म्याग्दीको बेनी नगरपालिका–३, भकिम्लीस्थित नयाँपुलबाट पक्राउ गरेको म्याग्दीका प्रहरी नायब उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले बताउनुभयो ।

पक्राउ परेका नेताद्वयलाई म्याग्दी जिल्लाको स्थानीय पालिकामा निर्वाचित जनप्रतिनिधि, व्यापारी तथा सरकारी कर्मचारीलाई धम्क्याएर जबरजस्ती चन्दा असुली गर्ने गरेको प्रहरी नायब उपरीक्षक मरासिनीको भनाइ छ । यसैगरी गएको फागुन ११ गते राति म्याग्दीका ५ ओटा एनसेलको टावरमा भएको आगजनीमा समेत संलग्न भएको पाइएको उहाँले जानकारी दिनुभएको छ ।

पक्राउ परेका क्षेत्री र शाक्यको साथबाट ध१प २१७० नम्बरको यामाहा मोटरसाइकल र तीन ओटा मोबाइल सेट बरामद गरिएको छ । उनीहरुमाथि अहिले अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: पुस २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया