नेपाली महिला टाेली खाे–खाे विश्वकपकाे फाइनलमा भारतसँग पराजित
माघ ६, २०८१ आइतबार
काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई कडा कारबाही गर्ने चेतावनी दिनु भएको छ ।
प्रतिष्ठानका कुलपति समेत रहनु भएका प्रधानमन्त्री ओलीले प्रतिष्ठानलाई राजनीतिक खेल मैदान बनाउने गरिएको उल्लेख गर्दै त्यसमा संलग्न पदाधिकारीमाथि कडा कारबाही गर्ने अभिव्यक्ति दिनुभएको हो ।
प्रधानमन्त्री ओलीले प्रतिष्ठानको गैरजिम्मेवार कामको छानबिन गर्न गठित समितिले आफूलाई नबुझाइ प्रतिवेदन सञ्चार माध्यमहरुमा सार्वजनिक गरेकोमा पनि आपत्ति जनाउनु भयो । मंगलबार काठमाण्डौमा आयोजित प्रतिष्ठानको तेस्रो सभामा प्रधानमन्त्री ओलीले कुलपति समेत रहेको आफूलाई नबुझाइ प्रतिवेदन बाहिर आउनुलाई राजनीतिकरणको संज्ञा दिँदै आफूलाई सह्य नभएकाे स्पष्ट पार्नुभयो ।
‘यो छानबिन समिति हो कि राजनीतिक?,’ छानबिन समितिप्रति प्रधानमन्त्री ओलीको आक्रोशसहितको प्रश्न थियो ।
प्रधानमन्त्री ओलीले प्रतिष्ठानलाई तत्काल स्वच्छ र पारदर्शी बनाउन केन्द्रित हुन पनि सम्बन्धित निकायलाई सचेत गराउनु भयो । उहाँले सरकार कसैको दबाब र प्रभावमा नपर्ने भएकाले त्यसै अनुसार काम गर्न पनि सबैलाई सचेत गराउनु भयो ।
प्रधानमन्त्री ओलीले प्रतिष्ठानलाई प्रदेशकै स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवाको केन्द्रको रुपमा विकास गर्न चाहेकाले त्यसै अनुसार काम गर्न पनि सचेत गराउनु भयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।