रसुवा पहिरो अपडेट : ज्यान गुमाउने दुवै जनाको पहिचान खुल्यो

 साउन १२, २०७६ आइतबार ७:५:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा – मानसरोवर गएर फर्किएका तीर्थयात्री चढेको जीप पहिरोमा पुरिँदा रसुवामा दुई जनाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा सोलुखुम्बु जिल्लाका सल्लेरी नगरपािलकाका ४७ वर्षीय वाङ्छु शेर्पा र लिखुपिके गाउँपालिका–१ का ४० वर्षीय दावा शेर्पा रहेका छन् । अन्य ७ जना घाइते भएका छन् । 

घाइते हुनेमा सोलुखुम्बु जिल्लाको सल्लेरी–८ का ५६ वर्षीय दोर्जे शेर्पा, सल्लेरी–६ का ५० वर्षी तेन्डी शेर्पा, लिखुपिके –१ का ५० वर्षीय नवाङ आङ शेर्पा, सोताङ–४ का ३२ वर्षीय छिरिङ दोर्जे शेर्पा, सल्लेरी–६ का ५४ वर्षीय फुरी शेर्पा रहेका छन् ।

त्यसैगरी सोलुखुम्बुकै केरुङ–१ का ४४ वर्षीय भलाकाजी शेर्पा घाइते भएका प्रहरीले जनाएको छ । भकानजे–१ का ४० वर्षीय छोङ्बा शेर्पा गम्भीर घाइते भएका छन् । सिन्धुली जिल्लाको हरिहरपुर गाउँपालिका–८ का सवारी चालक फुर्साङ स्याङतान भने सकुशल छन् ।

रसुवागढीबाट काठमाण्डौ जान लागेको ना १ ज ७८२४ नम्बरको जीपको पछाडिको भागमा पहिरोले पुरेको थियो ।  गाडीमा चालकसहित १० जना यात्रु रहेका थिए ।

 

 


अन्तिम अपडेट: माघ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया