नेपाली महिला टाेली खाे–खाे विश्वकपकाे फाइनलमा भारतसँग पराजित
माघ ६, २०८१ आइतबार
काठमाण्डौ – भाडामा कोठा उपलब्ध गराइदिन माग गर्दै काठमाण्डौ महानगरपालिकामा उजुरी परेको छ ।
काठमाण्डौ महानगरपालिकाको न्यायिक समितिले बुधबार पत्रकार सम्मेलन गरी भाडामा कोठा उपलब्ध गराइदिन माग गर्दै उजुरी परेको तथ्याङ्क सार्वजनिक गरेको हो । त्यसैगरी घर भाडा भाग लगाइ पाऊँ भनि एउटा उजुरी परेको महानगरपालिकाकी कानुन अधिकृत हरिमाया घिमिरेले जानकारी दिनुभयो ।
काठमाण्डौ महानगरपालिकाको न्यायिक समितिले मेयर विद्यासुन्दर शाक्यलाई बुझाएको गएको आर्थिक वर्षको कार्य प्रगति विवरणमा जम्मा एक सय ९८ ओटा उजुरी दर्ता भएकोमा ६१ ओटा फर्छ्याैट भएको र ९० ओटा विचाराधीन अवस्था रहेको पनि उल्लेख गरिएको छ । ती उजुरीमध्ये सबैभन्दा बढी ५४ ओटा उजुरी घर कोठा खाली गराइ पाउन माग गर्दै परेको कानुन अधिकृत घिमिरेले बताउनुभयो ।
त्यसैगरी न्यायिक समितिले सम्बन्ध विच्छेदका लागि सिफारिस गरि दिन भन्दै ३४ ओटा उजुरी परेको महानगरपालिकाले जनाएको छ । त्यसमध्ये २० ओटा फछर्यौंट गरिएको छ । कानुन अधिकृत घिमिरेका अनुसार सार्वजनिक बाटोमा निर्माण गरिएको घर, टहरा हटाउन पनि उजुरी दिइएको छ । न्यायिक समितिले सार्वजनिक बाटो खुलाइ पाउन भन्दै ४ ओटा उजुरी परेको स्पष्ट पारेको छ ।
उपमेयर हरिप्रभा खड्गी संयोजक रहनु भएको न्यायिक समितिले महानगरपालिकामा परेका उजुरीमाथि छानबिन गरी पीडितलाई न्याय दिने कामलाई तीव्रता दिइएको बताएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।