नेपाली महिला टाेली खाे–खाे विश्वकपकाे फाइनलमा भारतसँग पराजित
माघ ६, २०८१ आइतबार
काठमाण्डाै - राष्ट्रियसभा सदस्यहरुले वातावरणमैत्री सवारी तथा यातायात नीति र विद्युतीय सवारीसम्बन्धी राष्ट्रिय कार्ययोजना कार्यान्वयनका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रियसभाको बिहीबार बसेको बैठकमा सांसदहरु डाक्टर बिमला राई पौड्याल, राम नारायण विडारी र काली बहादुर मल्लले संयुक्त रुपमा ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै ‘नेपाल सरकारबाट लागू गरिएको वातावरणमैत्री सवारी तथा यातायात नीति २०७१’ र विद्युतीय सवारी सम्बन्धी राष्ट्रिय कार्ययोजना कार्यान्वयनको अवस्थाका सम्बन्धमा जानकारी गराउन भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको ध्यानाकर्षण गराउनुभएकाे हाे।
२०७५ साल कात्तिक ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युतीय सवारीसम्बन्धी काम गर्ने छुट्टै निकाय बनाउने गरी विद्युतीय सवारीसम्बन्धी राष्ट्रिय कार्ययोजना सार्वजनिक गर्नुभएको थियो । अहिलेसम्म त्यस कार्ययोजना कार्यान्वयन हुन नसकेको भन्दै सांसदहरुले सर्वसाधरणलाई अनुभूति हुनेगरी भएका काम कारबाहीको जानकारी पनि माग गरे ।
ध्यानाकर्षण प्रस्तावको जवाफ दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले विद्युतीय सवारी साधन दर्ता र सञ्चालन निर्देशिका अन्तिम चरणमा रहेको जानकारी गराउनुभयो । उहाँले सयभन्दा बढी विद्युतीय सवारी साधन सञ्चालन भइरहेको जानकारी गराउँदै राजधानी काठमाण्डौ भन्दा बाहिर मुलुकका विभिन्न स्थानमा चार्जिङ स्टेशन राख्नेगरी सरकारले तयारी गरिरहेको बताउनुभयो ।
उहाँले विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्नेगरी सरकारले कार्ययोजना बनाइरहेको उल्लेख गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।