नेपाली महिला टाेली खाे–खाे विश्वकपकाे फाइनलमा भारतसँग पराजित
माघ ६, २०८१ आइतबार
काठमाण्डाै - अवरुद्ध संसद सञ्चालन गर्ने सम्बन्धमा सत्तापक्ष र प्रतिप्रक्षी दलबीच सहमति जुट्न नसकेपछि विकल्पको खोजीमा पार्टीभित्रै आन्तरिक छलफल गर्ने भएका छन् ।
सभामुख कृष्ण बहादुर महराले बिहीबार बोलाउनुभएको सर्वदलीय बैठकमा सत्ता पक्ष र प्रतिपक्षी दलहरु आ आफ्नै अडानमा कायम रहेपछि विकल्पबारे दलहरुले आन्तरिक छलफल गर्ने भएका हुन् । लामो समय सम्म बैठक अवरुद्ध हुँदा जनतामा गलत सन्देश जाने भन्दै सत्ता पक्षले संसद सञ्चालन गरी प्रतिपक्षी दलको मागबारे पनि छलफल गर्दे जाने प्रस्ताव अघि सारेको थियो ।
तर यस प्रस्तावमा प्रतिपक्षी दल सहमत नभएपछि थप छलफलका लागि संसद बैठक ४ दिन सम्मका लागि स्थगित गर्ने निर्णयमा पुगेको नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ्गले जानकारी दिनुभयो ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले आफूहरुको माग सम्बोधन गर्न सत्तापक्ष तयार नभएपनि छलफल सकारात्मक भएको प्रतिक्रिया दिनुभयो ।
सर्वदलीय छलफलमा सहभागी स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले सदन सञ्चालन गराउन सबै दल सहमत भएको र प्रतिपक्षी दलको मागका सम्बोधन तथा सदन पुन: सञ्चालनका विकल्पबारे थप छलफल गर्ने सहमति भएको जानकारी दिनुभयो ।
समाजवादी पार्टी नेपालका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने र सर्लाही घटनाबारे संसदीय छानबिन समिति गठन गर्नुपर्ने पक्षमा नै आफूहरु रहेको बताउनुभयो ।
नेकपाका सांसद भीम रावले देशप्रति जिम्मेवार भएर समस्याको समाधान खोजिनुपर्ने बताउनुभयो ।
त्यसैगरी नेकपाका सांसद ह्दयेश त्रिपाठीले संवैधानिक निकाय राष्ट्रिय मानव अधिकार आयोगले सर्लाही घटनाबारे छानबिन गरिरहेकाले संसदले छुट्टै समिति बनाउन आवश्यक नपर्ने तर्क गर्नुभयो ।
नेत्र विक्रम चन्द्र विप्लव समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल र राजपाका कार्यकर्ता सरोजनारायण सिंहको प्रहरीको गोली लागेर मृत्यु भएको घटना छानबिन गर्न संसदीय छानविन समिति गठनको माग गर्दे नेपाली कांग्रेस र राजपाले सदन अवरुद्ध गर्दै आएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।