नेपाली महिला टाेली खाे–खाे विश्वकपकाे फाइनलमा भारतसँग पराजित
माघ ६, २०८१ आइतबार
काठमाण्डाै – विभिन्न कारणले रिक्त हुन आएका पालिका, प्रदेश र प्रतिनिधिसभा सदस्यको लागि आउँदो मंसिर १४ गते शनिबार उपचुनावको घोषणा भएको छ । ३७ जिल्लामा विभिन्न ५० पदमा उपचुनाव हुने निर्वाचन आयोगले जनाएको छ ।
प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन, नगरप्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, गाउँपालिका उपाध्यक्ष एक र विभिन्न जिल्लाका स्थानीय तहमा गरी ४१ वडा अध्यक्षसहित सहित ५० पदमा पदका लागि उपचुनाव हुने छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले चुनावका लागि आयोगले तयारी गरिसकेको र केही दिनभित्रै चुनावको विस्तृत कार्यक्रम सार्वजनिक गरिने जानकारी दिनुभयो ।
गण्डकी प्रदेशको कास्कीको क्षेत्र नम्बर २ बाट निर्वाचित रवीन्द्र अधिकारको हेलिकप्टर दुर्घटनामा परी निधन भएपछि त्यो पद रिक्त छ । यस्तै, प्रदेश सभाका सदस्यहरु प्रदेश ३ का भक्तपुरका लामिछाने, गण्डकी प्रदेश वाग्लुङका टेकबहादुर घर्ती र प्रदेश ५ दाङका उत्तरकुमार वलीको निधनपछि रिक्त स्थानमा उपचुनाव हुन लागेको हो ।
पालिकातर्फ सुनसरीको धरान उपमहानगरका प्रमुख तारा सुब्बा, पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्ष अमरकुमार नेम्बाङ, सङ्खुवासभाको मकालु गाउँपालिका अध्यक्ष खड्गबहादुर कटुवाल, महोत्तरी जिल्लाको पिपरा गाउँपालिका अध्यक्ष विनोद चौधरी र हुम्लाको खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्धु हमाल शाहीको निधन भएका कारण उपचुनाव हुन लागेको हो । त्यस्तै, विभिन्न जिल्लामा गरी ४१ वडाअध्यक्ष पदमा पनि उपचुनाव हुँदैछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।