विप्लव समूहले जारी गर्‍याे प्रहरीविरुद्ध पक्राउ पुर्जी, सुराकी नराेके ‘इन्काउन्टर’ गर्ने चेतावनी

 साउन १८, २०७६ शनिबार १४:५७:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

कैलाली - नेत्रविक्रम चन्द विप्लव समूहले नेपाल प्रहरीको राष्ट्रिय अनुसन्धान ब्यूरोका असई कैलाली बर्दगोरिया–१ का भैरव कुँवरलाई इन्काउन्टरको चेतावनी दिएको छ ।

आफ्ना पार्टीका नेता कार्यकर्तामाथि सुराकी गरेको भन्दै विप्लव समूहले कुँवरलाई सुराकी नरोके इन्काउन्टर गर्न बाध्य हुने चेतावनी दिएको हो । प्रहरीले देशभर विप्लव समूहका कार्यकर्तालाई पक्राउ गरी मुद्दा चलाइरहेको समयमा विप्लव समूहको कैलाली जनअदालतले प्रहरीविरुद्ध नै पक्राउ पुर्जी जारी गरेको हो ।

विप्लव समूहले विज्ञप्ति नै निकालेर कुँवरलाई सुराकी नरोके इन्काउन्टर गर्ने चेतावनी दिँदै २५ दिनभित्र पक्राउ गर्ने जनाएको छ ।

अन्तिम अपडेट: माघ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया