नेपाली महिला टाेली खाे–खाे विश्वकपकाे फाइनलमा भारतसँग पराजित
माघ ६, २०८१ आइतबार
काठमाण्डाै - प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसँग छलफल गरेको छ । विभिन्न विमानस्थलको अवस्था र नेपाल भ्रमण वर्ष २०२० को बारेमा समितिले मन्त्री भट्टराईसँग छलफल गरेको हाे ।
छलफलमा सांसदहरुले नेपाल भ्रमण वर्ष २०२० सुरु हुन पाँच महिना मात्रै बाँकी रहेकाले प्रभावकारी ढंगले काम गर्न सुझाव दिएका छन् । नेपाल भ्रमण वर्षको तयारी प्रभावकारी नभएको भन्दै केही सांसदले भ्रमण वर्षको सचिवालयलाई चुस्त हिसाबले कामको निर्देशन दिन पनि मन्त्री भट्टराईलाई सुझाव दिएका छन् ।
बैठकमा नेकपाका नेता तथा सांसद माधवकुमार नेपालले नेपालको ऐतिहासिक र सांस्कृतिक महत्वलाई केन्द्रमा राखेर नेपाल भ्रमण वर्षको प्रचारप्रसार तथा कार्यक्रम बनाउनुपर्ने बताउनुभयो । उहाँले विश्वभर १ अर्ब नागरिकले हिन्दू धर्म मान्ने गरेको र नेपालले कम्तिमा १ करोड हिन्दू धर्मावलम्बीलाई आकर्षण गर्न सक्नुपर्ने बताउनुभयो ।
यस्तै नेता नेपालले पैसा कमाउनकै लागि पर्यटकलाई फेक रेक्स्यु गर्ने विकृति पनि तत्कालै हटाउनुपर्ने बताउनुभयो । नेपाल वायुसेवा निगमका वाइडबडी जहाजलाई लामा र ठूला गन्तव्यमा उडाउन पनि उहाँले माग गर्नुभयो ।
यस्तै नेपाली समितिका सदस्य तथा कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले विकट ठाउँका विमानस्थल सञ्चालनमा जोड दिन आग्रह गर्नुभयो । उहाँले काभ्रेमा आन्तरिक विमानस्थल बनाउने तयारी भैरहेकोमा आपत्ति जनाउँदै दुर्गम क्षेत्रका विमानस्थल सञ्चालन र निर्माणमा ध्यान दिन सुझाव दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।