नेपाली महिला टाेली खाे–खाे विश्वकपकाे फाइनलमा भारतसँग पराजित
माघ ६, २०८१ आइतबार
काठमाण्डौ – प्रतिनिधिसभा बैठकको अवरोध हटाउन सभामुख कृष्णबहादुर महराले दलहरुबीच छलफल जारी राख्नुभएको छ ।
दलहरुबीच छलफल जारी रहेको र सहमति भइनसकेकाले सोमबार बिहान ११ बजेका लागि तय भएको बैठक स्थगित गरिएको छ । विपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपालले असार २४ गतेदेखि संसद बैठक निरन्तर अवरुद्ध गर्दै आएपछि बैठकको अवरोध हटाउन दलहरुबीच छलफल चलिरहेको हो ।
बैठक संचालन गर्ने विषयमा दलहरुबीच छलफल जारी रहेको र सोमबार नै सहमति हुन सक्ने देखिएकाले बैठक दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको संसद सचिवालयले जनाएको छ । विपक्षी दल नेपाली कांग्रेस र राष्टिय जनता पार्टी नेपालले सर्लाही घटनामा संसदीय छानविन समिति गठन गर्न माग गर्दै संसद अवरोध गर्दै आएका हुन् ।
सर्लाहीमा गएको असार ५ गते नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका जिल्ला इञ्चार्ज मारिएका थिए । यस्तै, सर्लाहीमै १३ वर्षीय बालकको ज्यान गएपछि स्थानीयले गरेको विरोध प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर नारायणसिंह महतोको ज्यान गएको थियो ।
कांग्रेस र राजपाले यि दुवै घटनाको विरोध गर्दै संसदीय छानबिन समिति गठन गर्न माग गर्दै आइरहेका छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।