नेपाली महिला टाेली खाे–खाे विश्वकपकाे फाइनलमा भारतसँग पराजित
माघ ६, २०८१ आइतबार
काठमाण्डौ – नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले सोमबारदेखि भेटेर शुभकामना नलिने बताउनुभएको छ ।
सोमबार एक विज्ञप्ति निकालेर मन्त्री भट्टराईले समर्थकहरुसँग भेटेर शुभकामना लिँदा मन्त्रालयको कामकाजमा असर परेको भन्दै भेटेर शुभकामना लिन असमर्थ रहेको जानकारी गराउनुभएको छ ।
मन्त्री भट्टराईले भन्नुभएको छ, ‘यहाँहरुले म प्रति प्रकट गर्नु भएको स्नेह एवम् शुभकामना मेरा लागि कार्यसम्पादन गर्ने ऊर्जाको रुपमा रहने विश्वास गरेको छु । मन्त्रालयको कार्यभार ग्रहण गरेसँगै कार्यव्यस्तताले गर्दा यहाँहरुको अपेक्षा अनुरुप समय उपलब्ध गराउन कठिनाइ भएकोमा आगामी दिनमा यहाँहरुका अमूल्य सुझाव र सल्लाहका लागि सम्पर्क गर्ने विश्वास दिलाउन चाहान्छु । साथै मन्त्रालयको कार्यव्यस्तताले गर्दा आजदेखि शुभकामना तथा बधाइका लागि समय उपलब्ध गराउन कठिनाइ हुने कुरा सविनय अनुरोध गर्दछु ।’
उहाँले आफ्ना समर्थक र नागरिकको विश्वास टुट्न नदिने र सल्लाह सुझाव लिएर अघि बढ्ने बताउनुभएको छ । साथै शुभकामना र बधाइ लिने क्रममा सार्वजनिक भएका केही तस्बिरको बारेमा अन्यथा नबुझ्न पनि मन्त्री भट्टराईले आग्रह गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।