नेपाली महिला टाेली खाे–खाे विश्वकपकाे फाइनलमा भारतसँग पराजित
माघ ६, २०८१ आइतबार
काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टीका नेता एवं पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको नेतृत्वमा संसदीय विशेष समिति गठन गरेसँगै संसदको गतिरोध हटेको छ ।
संसदमा गतिरोधको अवस्था आउन नदिनका लागि संविधान, नियम र स्थापित परम्पराअनुसार आवश्यक अध्ययन गरी सुझाव दिन नेम्वाङको नेतृत्वमा समिति गठन गरेको हो ।
विपक्षी नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपालले सर्लाही घटनामा संसदीय छानबिन समिति गठन गर्नु पर्ने माग गर्दै गएको असार २४ गतेदेखि संसद बैठक अवरुद्ध गर्दै आएका थिए ।
अबदेखि संसदमा गतिरोधको अवस्था उत्पन्न हुनै नदिने अवस्था निर्माणका लागि समिति गठन भएकाले विपक्षी दलले संसदीय छानबिन समितिको माग छाडेर सदन खुलाउन तयार भएका हुन् ।
समितिमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देव गुरुङ, कांग्रेस सचेतक पुष्पा भुसाल, मिनेन्द्र रिजाल, उमाशंकर अरगरियालगायत ७ सदस्य रहनुभएको छ ।
समिति बनेसँगै झण्डै एक महिनादेखि अवरुद्ध हुँदै आएको संसद बैठक सोमबारबाट सुरु भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।