नेपाली महिला टाेली खाे–खाे विश्वकपकाे फाइनलमा भारतसँग पराजित
माघ ६, २०८१ आइतबार
काठमाण्डौ – मधेसी आयोगले गोष्ठी र अनुशिक्षण कार्यक्रम सञ्चालनमा मात्रै साढे ३ करोड बढी खर्च गरेको छ ।
आयोगले सोमबार ललितपुरमा रहेको आफ्नै कार्यालयमा पत्रकार सम्मेलनमार्फत् आर्थिक वर्ष २०७५/७६ मा गरिएको कार्यक्रम बारे जानकारी दिँदै अनुशिक्षण र गोष्ठीका लागि ३ करोड ५६ लाख ८१ हजार १ सय ६८ रुपैयाँ खर्च भएको जनाएको हो ।
यो रकम आयोगले प्रदेश २ का ८ ओटा जिल्ला, प्रदेश १, प्रदेश ५ र प्रदेश ७ मा गोष्ठी तथा अनुशिक्षण कार्यक्रमका लागि खर्च गरेको हो । त्यसैगरी जनचेतनामूलक रेडियो जिंगल निर्माणमा र प्रसारणमा साढे ४ लाख बढी खर्च गरेको छ ।
५ करोड ९० लाख रुपैयाँ विनियोजन गरेको आयोगले १ करोड ५२ लाख १८ हजार ८ सय ३१ रुपैयाँ खर्च गर्न नसकेर फ्रिज भएको छ ।
विसं २०७५ कात्तिक २५ गते कार्यालय स्थापना भएको आयोगको अध्यक्षको रुपमा डाक्टर विजय कुमार दत्तले २०७५ चैत ७ गते पदभार सम्हाल्नुभएको थियो । आयोगमा ४ सदस्यको पद रिक्त छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।