हमासद्वारा गाजाबाट थप तीन जना इजरायली बन्धक मुक्त
माघ २६, २०८१ शनिबार
भक्तपुर – नेपाल कम्युनिष्ट पार्टीका प्रमुख सचेतक देव गुरुङले गोविन्द केसीले उठाएको मागहरु हुबहु सम्बोधन गर्नु पर्छ भन्ने भनाई गलत भएको बताउनु भएको छ ।
रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै गुरुङले केही मागहरु जायज भए पनि मागका बारे केसीले भने जस्तो हुबहु सम्बोधन नहुने भन्दै यसलाई जनाताको सर्वोच्च निकाय संसदले सम्बोधन गर्ने बताउनुभयो ।
चिकित्सा विधेयकका बारे जुम्लामा अनसनरत गोविन्द केसीको स्वास्थ्य उपचार सरकारले काठमाडौं ल्याएर गर्न तत्पर रहे पनि केसीले नै नमानेको र उहाँको स्वास्थ्यका विषयमा सरकार पनि गम्भीर रहेको बताउनुभयो ।
जनताले विरोध गर्ने अधिकार मौलिक हकमा रहे पनि विरोध गर्ने निश्चित स्थान तोक्नु सरकारको अधिकारको विषय भएको उहाँले बताउनुभयो । निश्चित स्थान तोक्दैमा सरकालाई अधिनायकवादी भनेर आरोप लगाउनु गलत भएको भन्दै यो लोकतन्त्र अनुसार नै सरकारले निर्णय गरेको बताउनुभयो ।
उपकुलपति कुलप्रसाद कोइरालाको भ्रमण सरकारको स्वीकृति बिना नै भएको देखिएको र विधिअनुरुप नभएकाले यस्तो अवस्था सिर्जना भएको उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
सुदिप नेपाल
July 10, 2018, 3:51 p.m.नेता ज्यु २०६६ सालको चुनाव बहिष्कार गर्ने र तपाईंको धम्किपुर्ण अन्तरबार्ता अहिले पनि मेरो कानमा गुन्जिरहेको छ।तेति बेला तपाइहरुले उठायको कुन चाहिँ माग सम्बोधन भयर तपाईं अहिले यो स्थानमा उभिनु भएको छ? जनतालाइ खुब बेवकुफ सम्झिनु भयको छ है? अब तपाईं हरु जस्ताको बोली जनताले पत्ताउदैनन्।तसर्थ अब कुर्लन छोड्नुस् आफ्नो बचेको जिन्दगी रचनात्मक कार्यको लागि खर्च गर्नुस्।