नेपाली महिला टाेली खाे–खाे विश्वकपकाे फाइनलमा भारतसँग पराजित
माघ ६, २०८१ आइतबार
काठमाण्डौ – जुम्लाका सांसद गजेन्द्रबहादुर महतले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र उर्जामन्त्री वर्षमान पुनलाई श्री ३ महाराज बन्न खोजेको आरोप लगाउनुभएको छ ।
जुम्लामा लामो समयसम्म विद्युत सेवा बन्द भएको तर पटक–पटक आग्रह गर्दा पनि विद्युत सेवा नपुर्याएको भन्दै महतले घिसिङ र पुनलाई श्री ३ महाराजको संज्ञा दिनुभएको हो ।
‘२०३८ सालमा बनेको २ सय किलोवाटको जलविद्युत आयोजना अहिले बिग्रेर थन्किएको छ, त्यो बन्न अझै ३-४ महिना लाग्छ, जुम्ला अँध्यारोमा छ, धेरै मिडियामा आयो, चर्चा भयो, हामीले संसदमा पनि कुरा उठायौँ, हाम्रा श्री ३ महाराज कुलमान घिसिङ र अर्का श्री ३ महाराज वर्षमान पुनलाई भेट्न खोज्यौँ, तर भेटन पनि पाइँदैन, फोन पनि उठ्दैन’, सांसद महतले भन्नुभयो ।
संसद भवनमा निकै आक्रोशित बनेका महतको रिस यत्तिमा थामिएन । उहाँले भन्नुभयो, ‘के नेपालमा विद्युत प्राधिकरण छैन ? जुम्ला जिल्ला नेपालको भूमि होइन ? जुम्लामा १ लाख मान्छे बस्छन्, उनीहरुलाई उज्यालो चाहिन्न ?’
उहाँले भारतमा बिजुली बेचेको भनेर खुशी हुनुपर्ने अवस्था नरहेको पनि बताउनुभयो । ‘यति प्रगति गर्यौं र उति गर्यौं भन्छन्, अनि भारतमा पनि बिजुली बेचे रे, कृपया अहिले भारतलाई होइन, हामीलाई बेचिदिनुस्, जुम्लामा पनि नागरिक छन्, विद्यार्थी छन्, बिरामी छन्, हाम्रा श्री ३ महाराजलाई भन्न चाहन्छु, जुम्लाको समस्या हेरिदिनुपर्यो ।’
अहिले जुम्लामा डिजल प्लान्ट राख्ने तयारी भए पनि मासिक १५ लाखसम्म खर्च आउने उहाँको भनाइ छ ।
सांसद महतले विद्युत प्राधिकरण र मन्त्रीले कमिसन आउने ठाउँमा मात्रै काम गरेको पनि आरोप लगाउनभुयो । ‘यिनीहरुको सेवा वा कामकाज जहाँ कमिसन आउँछ त्यहाँ मात्रै विस्तार गर्छन भन्ने सुनेको थिएँ, आज मलाइ यो विश्वास लागेको छ, यी श्री ३ महाराजहरुले जहाँ पैसा र कमिसन आउँछ त्यहाँ मात्रै काम गर्ने रहेछन्’, महतले भन्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।