नेपाली महिला टाेली खाे–खाे विश्वकपकाे फाइनलमा भारतसँग पराजित
माघ ६, २०८१ आइतबार
काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय जनता पार्टी (भाजपा) की नेतृ तथा पूर्व विदेशमन्त्री सुषमा स्वराजको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले बुधबार बिहान ट्वीटमार्फत स्वराजको निधनमा दुःख व्यक्त गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीले बुधबार बिहान दुई वटा ट्वीट गर्दै भन्नुभएको छ ‘भारतकी पूर्व विदेशमन्त्री तथा वरिष्ठ राजनीतिक नेतृ सुषमा स्वराजको निधनको खबरले स्तब्ध भएको छु । यस दुखद् घडीमा भारत सरकारका साथसाथै सम्पूर्ण भारतीय नागरिक तथा शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु ।’
— KP Sharma Oli (@PM_Nepal) August 7, 2019
साथै प्रधानमन्त्री ओलीले सुषमा स्वराजसँग व्यक्तिगत रुपमा पनि आफ्नो राम्रो सम्बन्ध भएको बताउनुभएको छ । उहाँ लेख्नहुन्छ ‘मलाई सम्झना छ, उहाँले आत्मीयतापूर्वक मलाई भाइ भनेर बोलाउनु हुन्थ्यो । उहाँले आत्मीयतापूर्वक आफ्ना भावना बाँड्नुहुन्थ्यो ।’
— KP Sharma Oli (@PM_Nepal) August 7, 2019
भारतकी पूर्व विदेशमन्त्री एवं सत्तारुढ भारतीय जनता पार्टी भाजपाकी वरिष्ठ नेत्री सुषमा स्वराजको मंगलबार राति निधन भएको हो । उहाँको ६७ वर्षको उमेरमा निधन भएको हो । उहाँको मंगलबार राति दिल्लीको एम्स अस्पतालमा निधन भएको भारतीय संचार माध्यमले जनाएका छन् । उहाँलाई मुटुसम्बन्धी समस्या भएपछि अस्पताल लगिएको थियो ।
स्वराजको पार्थिव शरीर बुधबार दिउँसो १२ बजेदेखि ३ बजेसम्म अन्तिम श्रद्धाञ्जलीको लागि पार्टी कार्यालयमा राखिनेछ । त्यसपछि ४ बजे राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भारतीय जनता पार्टीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।