नेपाली महिला टाेली खाे–खाे विश्वकपकाे फाइनलमा भारतसँग पराजित
माघ ६, २०८१ आइतबार
काठमाण्डौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले निजगढमा विश्वकै सुन्दर विमानस्थल निर्माण गरिने बताउनुभएको छ ।
बुधबार बिहान सिंहदरबारमा भएको पत्रकार सम्मेलनमा मन्त्री भट्टराईले आफू निजगढमा विश्वकै सुन्दर विमानस्थल बनाउन आएको बताउनु भएको हो । उहाँले भन्नुभयो ‘म वातावरण विनाश गर्न आएको हैन, विमानस्थल बनाउन चासो राख्नेको स्वागत र सम्मान गर्छु तर कति रुख काट्ने भन्ने विस्तृत जानकारी नआएकाले अहिले नै धेरै कुरा गर्न आवश्यक छैन ।’
मन्त्री भट्टराईले निजगढ विमानस्थल निर्माणका लागि अब लामो समय नलाग्ने र लगानीको मोडालिटी फिक्स गर्न लगानी बोर्डलाई आग्रह गरिसकेको जानकारी पनि दिनुभयो । उहाँले भन्नुभयो ‘सन् २०१९ भित्र नै यसको शिलान्यास गर्ने हो ।’
मन्त्री भट्टराईले आफू मन्त्री बनेको एक हप्तामा यहाँको अवस्था बुझेको र अब कामको योजना बनाउँदै जाने पनि बताउनुभयो ।
पत्रकार सम्मेलनमा उहाँले त्रिभुवन विमानस्थलको धावनमार्गको काम सम्पन्न भएर २१ घण्टा सञ्चालनमा आएको र ट्याक्सी वे निर्माणको काम डिसेम्बरसम्ममा सम्पन्न गर्ने बताउनुभयो । उहाँले बुटिक बनाउने काम पनि भइरहेको जानकारी दिनुभयो ।
साथै, उहाँले भैरहवा विमानस्थलको ७३ प्रतिशत काम सम्पन्न भएको र पोखरा विमानस्थलको काम ४५ प्रतिशत सम्पन्न भएको पनि जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।